काठमाडौं । नेपालमा अहिले दिनहुँ जसो बलात्कार, घरेलु हिँसाका समाचारहरु आउने गरेका छन्।
यसले देशका समस्त जनतालाई निराश बनाएको छ। एकातिर न्यायप्रणाली खुकुलो बनिदिनु र अर्कोतिर साना बालिका पनि बलात्कार शिकार हुनुले त्रास फैलिएको छ।
मिस नेपाल शृंखला खतिवडालगायत नेपाली चलचित्रका चर्चित अभिनेत्रीहरु प्रियंका कार्की र वर्षा राउत बलात्कार तथा महिला हिँसा विरुद्ध उत्रिएका छन्। उनीहरु विद्यार्थीहरुसंगै र्यालीमा हिंडेका छन्। शृंखलाले र्याली हेर्दा सानो र कम प्रभावकारी हुने देखिएपनि वास्तवमा यसको प्रभावकारिता धेरै हुने बताईन्। र्यालीले गर्दा यस्ता हिँसा विरुद्ध हामी एक छौं भन्ने आवाज जानुका साथै पिडितलाई आत्मविश्वास बढ्ने बताईन्।
अभिनेत्री प्रियंका कार्कीले अनुमती बिना कसैको शरीरमा त्यस्तो नियतले छुनु समेत हिँसा भएको र बलात्कार जघन्य अपराध रहेको बताईन्। उनले केटीहरु पनि आफू माथी भएका जस्तोसुकै हिँसा विरुद्ध बोल्नुपर्ने समेत बताएकी थिइन्।
प्रियंकाले अभिनय गरेको चलचित्र कथा काठमाडौं शुक्रबार देखि प्रदर्शनमा आएको छ। उक्त चलचित्रमा प्रियंकाले हिँसामा परेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्।
No comments:
Post a Comment