दक्षिण कोरियामा दुई दिनभित्र तीन नेपालीको मृत्यु भएको छ । सिम्लका होमरबहादु गुरुङ सोलको दोङदेमुनस्थित मोटलमा सोमबार सुतेकै ठाउँमा मृत भेटिएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
यस्तै आन्सनस्थित मासु प्याकिङ कम्पनीमा कार्यरत बहादुर थापाको मंंगलबार औद्योगिक दुर्घटनामा परी निधन भएको हो । थापाको आइससहितको मासुको प्याकेट राखिएको ७ फिट उचाईको ट्रली गुडाउने क्रममा लडेपछि ट्रलीले किचेको थियो ।
मगलबारै सोलुखुम्बु नरेश राईले घरको छतबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
No comments:
Post a Comment