Friday, September 28, 2018

म्यानचेस्टर युनाइटेड र पोग्वा, अबको बाटो के ?

१२ असोज, काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा प्रशिक्षक जोसे मोउरिन्हो र मिडफिल्डर पोउल पोग्वाबीच चिसिएको सम्बन्ध यो हप्ता त सतहमै देखियो । प्रशिक्षकले आफूहरुबीच कुनै बेमेल नरहेको बुझाउन खोजिरहँदा ढाकछोप गर्नै नमिल्ने स्थिति आएको छ ।

बुधबार त अभ्यास भइरहँदा पोग्वा र मोउरिन्होले गरेको कुराकानीको एउटा अंश नै बाहिरियो । त्यसबाट उनीहरुबीच चिसिएको सम्बन्ध प्रष्ट नै बुझिन्छ । यस्तोमा मोउरिन्हो भने ‘कुनै समस्या छैन’ भनेर परिस्थितिबाट भाग्न खोज्दै छन् ।प्रश्नहरु उठ्न थालेका छन्, के अब पोग्वाले म्यानचेस्टर युनाइटेड छाड्छन् ? मोउरिन्हो भन्दा लामो समय उनी म्यानचेस्टर युनाइेटमा रहलान् ? कि त कसैले उनलाई क्लबमा लगिहाल्ने अवस्था छ ?

पोग्वाको पूर्व क्लब युभेन्टस, घरेलु क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्पेनिस च्याम्पियन बार्सिलोना पोग्वा जान चाहने र उनलाई ल्याउन खोजेका केही क्लब हुन् ।

सिजनको सुरुवातमा पोग्वालाई ल्याउन खोजेका ती क्लबले अब पनि पोग्वामाथि उस्तै नजर राखेका होलान् त ? हुन त अब जति नै रिस उठे पनि जनवरी यता पोग्वा कतै जान सक्दैनन् ।

No comments:

Post a Comment