Saturday, September 29, 2018

पढेको कुरा याद राख्न विद्यार्थीले के गर्ने, के नगर्ने

आफूलाई जति स्मार्ट सम्झिए पनि तपाईं आफ्नो स्मरणशक्तिको सत्प्रतिशत उपयोग गर्न सक्नुहुन्न । धेरै छात्रछात्राले आफूले पढेको पाठ स्मरण गर्न सही तरिका अपनाउन नसकेको कैयौं सर्वेक्षणले देखाएका छन् ।

विद्यार्थीले अक्सर पाठ स्मरण गर्नको लागि फरक-फरक खालको सल्लाह पाइरहन्छन् । आमा-बुबा एक थोक भन्छन्, साथी र शिक्षक अर्कैथोक । अर्कोतिर विज्ञहरुले आफ्नो अनुसन्धानको आधारमा नयाँ सल्लाह दिन्छन् । फलस्वरुप हामी पढेको कुरा याद गर्ने सही तरिका के हो भनेर कन्फ्युज्ड हुन्छौं ।यस्तोमा मनोविज्ञानको एक प्रख्यात पत्रिकाले पढेको याद राख्ने पाँच सही र गलत तरिकाको बारेमा परिक्षण गरेको छ ।

पहिलो रणनीतिः दोहोर्याएर पढ्ने

तपाईं नयाँ शब्द सिक्ने कोसिस गरिरहनुभएको छ भने धेरैले अपनाउने सबैभन्दा आम रणनीति हो मुखमा नझुण्डिएसम्म रटान लगाएर घोक्ने ।

तर, मनोवैज्ञानिकका अनुसार यो तरिका ठिक होइन । रटान लगाए पनि हाम्रो दिमागले लामो समय यी कुराहरुलाई सुरक्षित रुपमा भण्डारण गरेर राख्न सक्दैन ।

No comments:

Post a Comment