Saturday, September 29, 2018

महिला उद्यमशिलता विकास गर्न सरकार दृढ छः मन्त्री थापा

१३ असोज, काठमाडौं । महिला बालबालिका तथा समाजकल्याण मन्त्री थम माया थापाले महिलाले संञ्चालन गरेका उद्योगलाई सरकारले सुलभ ऋण उपलब्ध गराउने बताएकी छन् ।

ललितपुरमा शनिबार आयोजित महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले महिलाले संचालन गरेका उद्योगलाई प्रोत्साहन गर्ने र सुलभ व्याजमा ऋण उपलब्ध गराउने नीति सरकारले लिएको बताइन ।
महिला उद्यमीको विकास र प्रवर्द्धनका लागि प्राविधिक तालिम, सुलभ व्याजको ऋण लगायत विभिन्न क्षेत्रमा सहयोग गर्ने नीति लिएकाले महिला उद्यमशिलताको विकास गर्न सकिनेमा सरकार दृढ रहेको बताए ।कार्यक्रममा उद्योग वाणिज्य महासघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अझै पनि अत्यन्तै न्युन संख्यामा मात्रै महिला उद्यमी रहेको भन्दै सिप विकासमा सरकारले लगानी गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य महासंघको महिला विभागले महिला उद्यमीहरुको एक दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो । गोष्ठीमा सहभागी महिला उद्यमीले महिलाले संञ्चालन गरेका उद्योगको विकास र प्रवर्द्धनका लागि विस्तृत कार्ययोजना ल्याउन सरकारलाई सुझाव दिएका थिए ।

No comments:

Post a Comment