१५ असोज, वीरगञ्ज । सधैं मधेस आन्दोलनको केन्द्रमा रह्यो वीरगञ्ज । मधेस आन्दोलनका बेलामा बढी शहादतसमेत यहीँका जनताले दिए । आर्थिक कारोवारलाई चौपट पारेर भए पनि मधेसी जनताको हक र अधिकारका लागि भनेर गरिएको आन्दोलनमा वीरगञ्जवासीले सकेको योगदान गरे ।
आन्दोलनकै कारण आर्थिक नगरीको उपमा पाएको वीरगञ्जबाट कतिपय व्यवसायी पलायन नै भए भने कतिले आफ्नो प्राथमिकतामा वीरगञ्जलाई नै राखेनन् ।आफैं रेटिएर गरेको आन्दोलनबाट वीरगञ्जले राजनीतिक रुपमा लाभ लिने अपेक्षा धेरैले गरेका थिए । तर, समय बित्दै जाँदा विगतका नेताका प्रतिवद्धताहरुमा खिया लागेको अनूभूति यहाँका नागरिकलाई भएको छ ।
एकमात्रै मधेसीबाहुल क्षेत्र प्रदेश नः २ को राजधानी वीरगञ्ज हुनेमा यहाँका स्थानीय आश्वस्त थिए । तर, सरकारले जनकपुरलाई अस्थायी राजधानी तोकेपछि यहाँ जनताका आशंका पैदा भयो ।
प्रदेश २ को प्रदेशसभा अधिवेशनको पहिलो बैठक जनकपुरमा बस्दै गर्दा त्यसको विरोधमा यहाँका स्थानीयले वीरगन्ज बन्द गरे । त्यसअघि सरकारले अस्थायी राजधानी जनकपुरलाई घोषणा गरेका दिन पनि वीरगन्ज बन्द गरियो ।
चिकित्सक, इन्जिनियर, कानुन व्यवसायीदेखि अन्य पेशाकर्मीहरु पनि पालैपालो अनशनमा बसे । प्रदेश राजधानीको माग गर्दै करिब एक महिनासम्म घण्टाघर चोकमा यहाँका स्थानीयले आन्दोलन गरे ।
दशकयता तीनपटक भइसकेको मधेस आन्दोलनको ‘इपिसेन्टर’ वीरगञ्ज भएको स्वंय मधेसी नेताहरु नै स्वीकार गर्छन् । तर, प्रदेश राजधानी बनाउने विषयमा वीरगञ्जलाई ठूलो धोका भएको आम बुझाइ अधिकांश वीरगञ्जवासीमा मौलाएको छ ।
वीरगञ्ज महानगरपालिकाको गेटमा भेटिएका वीरगञ्ज मनपा ३० का मनोज यादवले जनकपुर प्रदेशको राजधानी बनाउन उपयुक्त नहुने बताए । ‘वीरगञ्ज भएन भने जनकपुर पनि हुनुहुँदैन’ मनोजले भने ‘जनकपुर राजधानी हुनका लागि कुनै पूर्वाधार छैन, टाढा छ, भाषाको पनि समस्या छ । हामी मिथिला भाषा बुझ्दैनौं ।’
एउटा सत्य कुरा के हो भने करीव तीन वर्षअघिको तेस्रो मधेस आन्दोलनमा ६ महिना एक्लै आन्दोलन धान्ने मात्र वीरगञ्जले गरेको थियो । वीरगञ्जले जति दबाव काठमाडौंलाई सायदै अन्य जिल्लाका आन्दोलनले दिन सक्यो ।
मधेस आन्दोलनलाई अन्तरराष्ट्रियकरण गर्ने काम पनि वीरगन्जले नै गरेको स्थानीय मनोज यादवको दाबी छ । काठमाडौंलाई वीरगञ्जले जति अप्ठ्यारो बनाउन सक्यो अरुको त्यति तागत पनि विगतमा देखिएन ।
तर, वीरगञ्जको योगदान र उपयोगितालाई बिर्सिएर ‘सबै दृष्टिले योग्य शहर’लाई पाखा लगाएको वीरगञ्जवासीको गुनासो छ । समग्रमा मधेसवादी दलबाट नै धोका भएको आरोप उनीहरुको छ ।
वीरगञ्ज महानगरपालिका ४ का प्रकाश शर्मा प्रदेश नम्वर दुईको स्थायी राजधानी र प्रदेश नामाकरण गर्न अब ढिला गर्न नहुने बताउँछन् । प्रदेश नम्वर दुईको नाम मधेस प्रदेश, राजधानी गढीमाई राखिनुपर्ने तर्क शर्माको छ ।
प्रदेशको नाम जनकपुर राख्न नहुने र त्यसले कुनै एक भूगोल र समुदायको मात्रै प्रतिनिधीत्व गर्ने शर्माको भनाइ छ । बर्दिवास वा चन्द्रनिगाहपुरमा पहाडीया र मधेसका वासिन्दाको मिश्रित कम्युनिटी भएकोले प्रदेशको राजधानीका लागि उपयुक्त हुने सुझाव प्रदेश सरकारलाई दिने उनले बताए ।
मधेस केन्द्रित दलका शीर्षस्थ नेताहरूले बेला–बेलामा यहाँ आएर सार्वजनिक रुपमा वीरगन्जलाई राजधानी बनाउने बाचा गरे पनि अहिले आएर वीरगन्जलाई बिर्सेको गुनासो छ ।
प्रदेशको एक मात्र महानगर, आर्थिक राजधानी, मुलुकको प्रवेशद्वार तथा उद्योग धन्दाले भरिभराउ, वीरगन्ज नजिक प्रदेशको एक मात्र निकुञ्ज पर्सा राष्ट्रिय निकुञ्ज, गढीमाई मन्दिर र सिम्रौनगढजस्ता ठूला तथा अन्तर्राष्ट्रिय पहिचान भएका मन्दिर तथा पर्यटकीय स्थल पनि भएकाले धार्मिक तथा पर्यटकीयरूपमा पनि जनकपुरभन्दा वीरगन्ज कम नरहेको तर्क वीरगन्जवासीको छ ।

No comments:
Post a Comment