Saturday, September 29, 2018

टोटनहृयाममा लुकासको उदयले केनलाई चुनौती

काठमाडौं । इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा बेन्जामिन मेन्डी, मार्कस एलन्सो, सडियो माने सबैको पहिलो महिना निकै उत्कृष्ट रहृयो । तर, सबैलाई पछि पारेर प्लेयर अफ दि मन्थको उपाधि पाउने बेला धेरैले याद गरे, लुकास मोउरा ।

प्लेयर अफ दि मन्थको उपाधि टोटनहृयामका खेलाडीले पाएको यो २२ औं पटक हो । अर्को रोचक कुरा लुकास यो उपाधि पाउने चौथो ब्राजिलियन खेलाडी पनि बने । ब्राजिलियिन खेलाडी १९९७ मा जुनिन्हो, २००४ मा इडु र २०११ मा डेभिड लुइजले प्लेयर अफ दि मन्थको उपाधि जितेका थिए ।१९९९ मा इटालियन क्लब युभेन्टसको युथ टिमबाट फुटबल सुरु गरेका लुकास २००२ मा ब्राजिलियन क्लब कोरिनथियन्सको युथ टिममा गए । २००५ मा साओपाउलोको युथ टिममा गएका उनी २०१० मा सिनियर टिममा पुगे । जहाँबाट २०१३ मा पेरिस सेन्ट जर्मेन गएका लुकास अहिले टोटनहृयाममा छन् ।

ब्राजिलको २० वर्षमुनि र २३ वर्षमुनिको टिमसँगै राष्ट्रिय टिमबाट पनि उनले ३४ खेल खेलेका छन् । २०११ मा राष्ट्रिय टिममा डेब्यू गरेका उनले ४ गोल पनि गरेका छन् ।

टोटनहृयामले अगस्टमा खेलेका तीन खेलमा हरेकजसो समय लुकास मैदानमा नै थिए । जसमा उनले तीन गोल पनि गरे ।
न्युक्यासलसँगको पहिलो खेलमा राइट मिडफिल्डबाट खेलेका लुकासको शैली हेरेपछि प्रशिक्षक मोउरिसियो पोचेटिनोले उनलाई सेन्टर अट्याकबाट खेलाउन थाले, जहाँ हृयारी केनसँगै स्ट्राइकिङ भूमिकामा उनले झनै प्रभाव पारे ।

No comments:

Post a Comment