Friday, September 28, 2018

प्रहरीले लाठी चार्ज गरेर खुलायो गोरखा-आबुँखैरेनी सडक



१२ असोज, गोरखा । गोरखा-आँबुखैरेनी सडकखण्ड अन्तरगत गोरखा नगरपालिका-१२ दश किलोमा स्थानीयले अवरुद्ध पारेको सडक खुलाउन प्रहरीले लाठी चार्ज गरेको छ ।

शुक्रबार बिहान करिब दश वजे मोटरसाइकलले सोही ठाउँका स्थानीय रुऽबहादुर कुमाललाई ठक्कर दिएर भागेपछि क्षतीपूर्तिको माग राख्दै स्थानीयले सडकअबरुद्ध गरेका हुन् ।१२ किलोबाट अबुवा जाँदै गरेको मोटरसाइकलको ठक्करबाट घाइते अन्दाजी ७० वर्षीय कुमालको ठाउँको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनको तनँहुस्थित छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको छ । टाउको र खुट्टामा गरी ३७ टाका लगाइएको छ ।

ठक्कर दिएर फरार रहेको मोटरसाइकलाई प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन । हालसम्म मोटरसाइकलको नम्बर प्लेट पनि थाहा हुन सकेको छैन ।

फरार मोटरसाइकल र चालकलाई पक्राउ गर्नुपर्ने र उपचारका लागि उचित क्षतीपूर्ति दिन माग गर्दै स्थानीयलेे सडकअबरुद्ध गरेका हुन् ।

चार घण्टासम्म पनि सडक नखुलेपछि प्रहरीले लाठी चार्ज गरेर अवरुद्ध सडक खुलाएको हो । लाठी चार्ज गर्ने प्रहरीको प्रतिवाद गर्दै स्थानीयले ढुङ्गामुढा गरेका थिए ।

लाठी चार्जबाट केही स्थानीय घाइते भएका छन् भने स्थानीयले हानेको ढुङ्गाले लागेर एक जना सशस्त्र प्रहरी जवान घाइते भएका छन् ।

बाटो बन्द गर्ने समूहसँग कुनै सहमति नहुने प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले बताए । ‘बाटो बन्द गर्नेहरुसँग कुनै खालको सहमति नगर्ने भन्ने माथि बाटै निर्देशन छ, तर घटनाको दोषीलाई पत्ता लगाएर कानुनी कारबाही गर्नेर्छौ, हामी त्यसको खोजीमा लागी परेका छौ,’ उनले भने ।

अवरुद्ध सडक चार घण्टापछि संचालनमा आएको हो । सडक अवरुद्ध हुँदा जिल्ला भित्रने र जिल्ला बाहिरिने सवारीसाधन ठप्प थिए । विभिन्न काम बिशेषले यात्रामा हिँडेका सर्वसाधारणहरुको बिचल्ली भएको थियो ।

No comments:

Post a Comment