Saturday, September 29, 2018

गुलाब फूल स्वास्थ्यको लागि चामत्कारिक औषधी ! कब्जियत र पेटको समस्याका लागि त झन् रामवाण

एजेन्सी । गुलाबको फूल मन नपर्ने सायद अगन्य नै होलान् । सजावट र कष्मेटिक सामान बनाउन प्रयोग गरिने गुलाबको फूल मानवीय स्वास्थ्यको लागि पनि उत्तिकै लाभदायी रहेका छन् ।

यस्ता छन् गुलाबका फाइदा

१. गुलाब फूलको पत्ता खाएमा कब्जियतको समस्याबाट छुटकारा पाउन सकिन्छ। कब्जियतको समस्या भएको व्यक्तिले यसको ३र४ ओटा पत्ता दैनिक खाएमा राहत महशुस हुन्छ । यदि पेट फुल्ने, दिशा राम्रोसग नहुने, पेट घटा उन मन भएमा पनि गुलावको पत्ता लाभदायिक हुन्छ ।

२. गुलाबको फूललाई पिसेर रस बनाई अनुहार सफा गर्नाले अनुहार चम्किलो देखिन्छ ।

३. ओठ फुटेको समस्याबाट छुटकारा पाउन पनि गुलाबको फूल गुणकारी हुन्छ । गुलाबको पात पिसेर तयार भएको लेप दिनको २र३ पटक लगाउनाले ठिक हुन्छ ।

४. सानो शिशी गुलाफ जलमा २ चिम्टी फिट्किरीको धूलो मिसाएर राख्नुहोस् र आँखा रातो भएमा, चिप्रा लागेमा, आँखा पोलेमा २र२ थोपा बिहानरबेलुका आँखामा राख्ने गर्नाले ठीक हुन्छ ।

No comments:

Post a Comment