अदुवालाई हामी तरकारीमा मिसाएर प्रायोग गर्ने गर्छौं । यसले खानको स्वाद बढाउन मद्धत गर्छ । यो स्वास्थ्यको हिसाबले पनि निकै लाबदायक छ । यसलाई हामी विभिन्न समस्याहरुले सताउँदा औषधीको रुपमा प्रयोग गर्न सक्छौं ।
अदुवाले पुर्याउने फाइदाहरु यस्ता छन् :
१) अदुवा सेवनले पाचन क्रिया सक्रिय रहने र खाना सजिलै पच्ने हुन्छ ।
२) अदुवाको रस पिउँदा रगत सफा हुने र छालामा चमक ल्याउँछ ।
३) पिम्पल्स र इन्फेक्सनबाट अनुहारलाई जोगाउँछ ।
४) अदुवा पानीको नियमित सेवनले रगमा चिनीको मात्रा नियन्त्रण गर्छ साथै अदुवा सेवनले साधारण मानिसलाई मधुमेह हुनबाट पनि जोखाउँछ ।
५) मोटोपन कम हुन्छ । अदुवालाई नियमित सेवन गर्नाले शरीरको अतिरिक्त बोसो नष्ट हुन्छ ।
६) अदुवामा क्यान्सरसँग लड्ने तत्व हुन्छ । जसको कारण पनि फोक्सो कलेजो, छाती, छाला र आमाशयको क्यान्सरबाट बच्न सकिन्छ ।
७) हरेक दिन यसको प्रयोग गर्दा रुघाखोकी र भाइरल संक्रमणबाट जोगिन मद्दत पुग्छ ।
८) यसमा पाइने फस्फोरसले दाँतलाई बलियो बनाउँछ र गिजा सम्बन्धी समस्याबाट टाढा राख्छ ।
No comments:
Post a Comment