Sunday, September 30, 2018

अमेरिकामा ओलीलाई फेरि देखाइयो कालो झण्डा, दिक्क भए ओली



काठमाडौं – कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा रहेका मधेसीहरूले कालो झण्डा देखाएका छन् ।

मधेशसँग सम्बन्ध सुधार भइरहेको अवस्थामा संयुक्त राष्ट्रसंघको सभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री ओलीलाई मधेशीहरूले कालो झण्डा देखाएका हुन् । अमेरिकाको न्युयोर्कमा आयोजित नेपालीहरुसँगको भेटघाट समेत त्यहाँका मधेशीहरुले बहिष्कार गरेका छन् ।

मधेशी एशोसिएशन इन अमेरिकाको संयोजकत्वमा सो विरोध कार्यक्रम भएको शतेन्द्र साहले जानकारी दिए । प्रधानमन्त्री ओली जाने सार्वजनिक कार्यक्रम वहिष्कार गर्नुका साथै उनलाई कालो झण्डा देखाइएको पनि उनले बताए ।

अमेरिकामा रहेका मधेशी समूदायको छाता संगठन मधेशी एशोसिएशन इन अमेरिकाको पहिलो अधिवेशनमा प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री राउतलाई निम्त्याएको थियो । तर, केन्द्र सरकारले अमेरिका जान अनुमति दिएको थिएन । अनुमति नदिएपछि उनले जनकपुरबाट भिडियो कन्फरेन्समार्फत सम्बोधन गरेका थिए ।

No comments:

Post a Comment