Saturday, September 29, 2018

अन्तिम मिनेटको गोलसँगै आर्मी हारबाट जोगियो

काठमाडौं । अन्तिम मिनेटमा सन्तोष तामाङको फ्रि किक गोलसँगै शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेलमा त्रिभुवन आर्मी हारबाट जोगिएको छ ।
शनिबार भएको उद्घाटन खेलमा आर्मी र न्यूरोड टिम (एनआरटी)ले २-२ गोलको बराबरी खेलेका हुन् । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गरेका एनआरटीका गोलरक्षक अजित प्रजापतिले अन्तिममा धेरै समय बल होल्ड गर्दा आर्मीले डिबक्सभित्रैबाट फ्रि किक पाएको थियो, जसमा सन्तोषले उत्कृष्ट गोल गरेका छन् ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले १२ औं मिनेटमा नै अग्रता लिएको थियो । उसका रोजित पुडासैनीले गोल गरेका थिए । ३८ औं मिनेटमा आर्मीका सन्तोषले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
दोस्रो हाफमा आर्मीको प्रदर्शन केही सुधारियो तर, ६४ औं मिनेटमा राजेश परियारले उत्कृष्ट गोल गरे ।
खेलमा र्फकने आर्मीको एकपछि अर्को प्रयासलाई एनआरटीका गोलरक्षक प्रजापतिले असफल पारेका थिए । तर, इन्जुरी टाइम सकिन केही सेकेण्ड मात्र बाँकी रहँदा प्रजापतिले समय भन्दा धेरै बल होल्ड गर्दा रेफ्रीले इन्डाइरेक्ट फ्रिकिक दिए, जुन एनआरटीका लागि निकै घातक बन्न पुग्यो ।
सन्तोषको प्रहार पोष्ट बारमा लागेर गोलमा परिणात भयो र आर्मीका हारबाट जोगियो ।

No comments:

Post a Comment