Saturday, September 29, 2018

जराका कारण छ महिना अड्कियो रानी–जमरा सिँचाइ आयोजनाको काम

१३ असोज, काठमाडौं । बाराको निजगढमा प्रस्ताव गरिएको अन्तर्राष्ट्रिय विमानस्थलका लागि रुख कटानमा अहिले चर्को बहस भइरहेको छ । तर, राष्ट्रिय गौरवको एउटा आयोजनाले भने जरासम्बन्धी अल्झन खेप्नुपरेको छ ।

रानी–जमरा–कुलरिया सिँचाइ आयोजना राष्ट्रिय गौरवको आयोजना हो । तर, कैलाली वन डिभिजन कार्यालयले नहर क्षेत्रमा पर्ने रुखका जरा हटाउने अनुमति नलिँदा ६ महिनाभन्दा बढी समय आयोजनाको काम रोकिएको पाइएको छ ।

No comments:

Post a Comment