१५ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिक अनुभवका खानी भएकाले उनीहरुकमो अनुभव देश निर्माणका लागि महत्त्वपूर्ण हुने बताएका छन् ।
२८औँ अन्तर्रा्ष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली जेष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि छुट्टयाउनै पर्ने कानूनी व्यवस्था गरिने बताए ।जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्दै जेष्ठ नागरिकको हकहित संरक्षण र सम्बद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको प्रष्ट पारे ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष जेष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज जेष्ठ नागरिक दिवस मनाइँदैछ ।
समाजमा आउँदा दिनमा जेष्ठ नागरिकको जनसंख्यामा वृद्धि हुँदै जाने तर बदलिएको परिवारिक संरचना तथा व्यक्तिको जीवनशैली र रोजगारीका लागि युवाको विदेशिने क्रमका कारण घरघरमा जेष्ठ नागरिक एक्लिने अवस्था आएको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्रीले अगाडि भने, ‘कतिपय अवस्थामा जेष्ठ नागरिकले आफन्तबाटै अपहेलित र उपेक्षित भएर जीवन बिताउनु परेको छ । सरकार जेष्ठ नागरिकका यस्ता समस्याप्रति गम्भीर छ ।’
जेष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन जेष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि जेष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
जेष्ठ नागरिकको सुरक्षाका लागि कानूनी प्रावधानको व्यवस्था गर्न जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ मा आवश्यक संशोधन गर्ने प्रक्रिया अघि बढेको जानकारी पनि प्रधानमन्त्रीले सन्देशमार्फत् दिएका छन् । ‘जेष्ठ नागरिकको उचित र सम्मानित व्यवस्थापन वृद्धाश्रम निर्माण गरेर होइन, सन्तानले नै वृद्ध बाबुआमाको रेखदेख गर्नु पर्दछ भन्ने हाम्रो सामाजिक मान्यताको प्रवद्र्धन गरेर मात्र सम्भव छ’, प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ ।

No comments:
Post a Comment