Sunday, September 30, 2018

१ सय ३ जना यात्रु बोकेर ३६ हजार फिटमा उडिरहेको जेट एयरवेजको इन्जिन फेल भयो, त्यसपछिको भयावह अवस्था कल्पना सम्म गर्न सकिन्न



भारतीय आकाशमा जेट एयरवेजको विमान ठुलो दुर्घटनाबाट बचेको छ । भारतीय सहर हैदरबादबाट इन्दोरका लागि उडेको बोइङ ७ सय ३७ विमान ठुलो दुर्घटनाबाट बचेको हो । विमान एउटै इन्जिको भरमा आकस्मिक अवतरण गर्न परेको थियो ।

भारतीय सञ्चार माध्यमका अनुसार यात्रु र चालक दलसहित १ सय ३ जना बोकेर ३६ हजार फिट माथि उडिरहँदा जेट एयरवेजको एउटा विमानको आकाशमै इन्जिन फेल भएको थियो । विमान १२ बजेर ०६ मिनेट जाँदा इन्दिोर विमानस्थलमा आकस्मिक अवतरण गरेको छ ।

यसअघि सेप्टेम्बरको सुरुमा पनि जेट एयरवेजको अर्को एउटा विमान मध्य आकाशमा उडिरहँदा यात्रुका कान र नाकबाट रगत बग्न थालेपछि आकस्मिक अवतरण गर्न परेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार सबै १ सय ३ यात्रु सकुशल छन ।

इन्दोर विमानस्थल निर्देशक ए. सान्यालले जेट एयरवेज ९ डब्लु ९ सय ५५ उडानका पाइलटले एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरी एउटा इन्जिन फेल भएको जानकारी दिएका थिए । त्यसपछि विमानस्थलमा आकस्मिक अवतरणका सबै उपकरण तयार गरिएको थियो ।

साभार: Osnepal

No comments:

Post a Comment