Sunday, September 30, 2018

प्रदेश ३ को नाम नेवा: ताम्सालिङ राख्न दबाब (फोटो फिचर)



१४ असोज, काठमाडौं । प्रदेश ३ को नाम नेवा ताम्सालिङ राख्न माग गर्दै आदिवासी जनजाति समुदायको एउटा समूहले काठमाडौंमा प्रदर्शन गरेको छ ।

नेवा ताम्सालिङ संघर्ष समितिको नाममा माइतीघरमा गरिएको प्रदर्शनका सहभागीले आदिवासी जनजाति समुदायको थातथलोलाई मान्यता दिँदै प्रदेश ३ को नामाकरण गर्न माग गरेका हुन् ।उनीहरुले प्रदेशमा कम जनसंख्या भएका आदिवासी जनजातिको बसोबास क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गर्न पनि माग गरेका छन् ।प्रदर्शनमा सबै मातृ भाषालाई सरकारी कामकाजको भाषा बनाउन तथा सबै मातृ भाषामा पठनपाठन गर्ने व्यवस्था गर्न पनि सरकारलाई दवाव दिइएको छ ।

नेवार र तामाङ समुदायको थलोको रुपमा रहेको प्रदेश ३ को नामाकरण नेवाः ताम्सालिङ प्रदेश राख्न माग गर्दै सरकारलाई दवाव दिन प्रर्दशन गर्नुपरेको समितिका संयोजक मोहन गोले तामाङले जानकारी दिए ।

नेवारी र तामाङ समुदायको परम्परागत भेषभूषामा आएका प्रदर्शनकारीले कम जनसंख्या भएको समुदायलाई विशेष, संरक्षित र स्वायत्त क्षेत्र घोषणा नगरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी पनि गरेका थिए ।

No comments:

Post a Comment