बङ्गलादेशमा आजदेखि शुरु भएको समूह चरणको पहिलो खेलमा भारतले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नौ विकेट गुमाएर तीनसय पाँच रन बनायो।
नेपालले ३६ दशमलव ५ ओभरमा १३३ रन मात्र बनाउन सक्यो। भारतका लागि यशभी जयसवालले एक सय ४ रन, सिमरन सिंहले ८२, आयुश बदोनीले ३३ तथा देवदत्त पादीक्कलले ३० रन बनाए। बलिङतर्फ नेपालका लागि भीम सार्कीले चार तथा रशिद खानले दुई विकेट लिए।
ब्याटिङतर्फ नेपालका लागि कप्तान मोहमद आशिफ शेखले २५, रोहितकुमार पौडेलले २४, सन्दीप जोराले २० र रवीन्द्र शाहीले १६ र रवि साहले ११ रन बनाए। बलिङतर्फ भारतका सिद्धार्थ देसाई र हर्ष त्यागीले ३/३ विकेट लिए।
नेपालले अब दोस्रो खेल यही असोज १५ गते अफगानिस्तानसँग तथा १६ गते युनाइटेड अरब इमिरेटस् (युएइ) सँग खेल्नेछ। समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।
No comments:
Post a Comment