१५ असोज, वीरगञ्ज । नेपाली युवाहरु स्वदेशमा रोजगारीको वातावरणै भएन भन्दै विदेशतिर हानिन्छन् । तर, छिमेकी भारतबाट खालीहात नेपालमा आएका मेहनती युवाले कसरी श्रम गरेर नेपालमा आर्जन गरिरहेका छन् भन्ने बुझ्न वीरगञ्जको चियापसलमा पुग्दा हुन्छ ।
‘राजुजीको चियाले एकैपटकमा ‘एडिक्ट’ बनाउँछ । एकपटक आएपछि आइरहन मन लाग्छ,’ सप्तरी हनुमाननगर घर भएर वीरगञ्ज बस्ने दीपक शर्माले चियाको चुस्की लगाउँदै अनलाइनखबरसँग भने, ‘चियाजस्तै उहाँको व्यवहार पनि नसा नै लगाउने खालको छ ।’तपाईलाई लाग्न सक्छ, राजुको चियामा त्यस्तो विशेष जादु के छ ? छ पनि विशेष नै, उनी चिया गिलासमा बेच्दैनन्, कपमा बेच्छन्, त्यो पनि माटाको ।
वीरगञ्जको आदर्शनगरमा चियाको बिजनेश चलाउँदैछन् राजु शर्मा । ‘राजु टि स्टल’ नाम दिएर चोकमै पसल खोलेका छन् । यहाँ चिया खान दीपक शर्मा दैनिक निकै टाढाबाट धाउँछन् ।
No comments:
Post a Comment