असोज । दोस्रो संविधानसभा निर्वाचन र त्यसअघि सर्वाधिक चर्चामा आएका पदम कुँवर यतिबेला गुमनाम छन् । ०६९ सालमा भृकुटीमण्डपमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष (तत्कालिन एकीकृत नेकपा माओवादी) पुष्पकमल दाहाल प्रचण्डलाई गालामा चड्कन हानेका थिए, कुुँवरले । उनलाई पक्राउ पनि गरिएको थियो ।
उनले चड्कन हान्नुको कारण प्रस्ट थियो– जनयुद्धका नाममा वेपत्ता, अपांग र सहिद परिवारको बेवास्ता गरी आत्मकेन्द्रित भएर प्रचण्ड अघि बढे । उनलाई अझै पनि प्रचण्डको यहि हर्कत मन पर्दैन ।
माओवादी आन्दोलनका नाममा युद्धभर बन्दुक बोकाएर शान्ति प्रक्रियामा आएपछि भ्रष्टाचारको थुप्रोमाथि प्रचण्ड उभिएको उनले बताएका थिए । त्यसैले ०७० सालको संविधानसभा निर्वाचनका बेला प्रचण्डविरुद्ध काठमाडौं–१० मा उनी निर्वाचन पनि लडे । प्रचण्ड पराजित भए । तर, उनले होइन नेपाली कांग्रेसका राजन केसीले प्रचण्डलाई पछारे । कुँवरको त जमानत जफत भएको थियो ।
तर, प्रचण्डविरुद्ध उम्मेदवारी दिनुमा पनि उनको तर्क स्वभाविक थियो कि युद्धका डोभहरूलाई यथावत राखेर परिवार र ठेकेदारका लागि प्रचण्डले राजनीतिको तिलाञ्जली दिए ।
बागलुङ राजकुत–२कुँवरले प्रचण्डले १० वर्षे जनयुद्धका सहिद, बेपत्ता र घाइतेहरूको अपमान गरेर आफ्नो मात्र स्वार्थ पूर्ति गर्न लागेकाले उनीविरुद्ध नै सांकेतिक रूपमा विरोध जनाउन उम्मेदवारी दिएको बताएका थिए । त्यसबेला काठमाडौ जिल्ला निर्वाचन कार्यालयमा प्रचण्डका पछिपछि आफ्नो उम्मदवारी दर्ता गराएका थिए ।
‘माओवादी युद्धमा लाग्नुको कारण भनेको मुलुकमा परिवर्तनमात्र होइन, मुक्ति पनि चाहिएको थियो । तर जसले मुक्तिका लागि जीवनदान गरे उनको परिवार अहिले पनि दुखमा छ’, उनले भन्ने गरेका छन्,‘सुखमा प्रचण्डको परिवार, उनका आसेपासे ठेकेदार र नाफामुखि व्यक्तिमात्र छन् । गरिब र पूर्वलडाकूको विजोग कसले देख्ने ?’
प्रचण्डले युद्धको नेतृत्व गरेका कारणले नै गाला चड्काएको उनले बताएका थिए । त्यसबाहेक माओवादीका अन्य नेतासँग पनि उनी क्रोधित थिए । अहिले पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी भएपछि भने कुँवरले खासै प्रतिक्रिया दिने गरेका छैनन् । बरु, युद्धको पीडा भोगेकाले नेताहरूलाई देखाउने प्रतिक्रियाले दंग छन् ।
बाबुराम भट्टराईलाई अमेरिकामा कालो झन्डा देखाउने द्वन्द्वपीडितको आन्दोलन पनि सही लागेको छ, उनलाई । त्यसैले बाबुुरामविरुद्ध आएका कतिपय आलेखलाई सामाजिक सञ्जालदेखि धेरै ठाउँमा सेयर पनि गर्छन् ।
कतिपय पूर्वलडाकूले आफ्नो अध्ययन छाडेर बन्दुक बोक्न बाध्य भए । भविष्यको सुनौलो बिहानीको साटो अंगभंग र पीडाको भवसागरमा डुबेका छन् । ‘उनको रुप र युद्धमा अपांग भएकाहरूको अवस्थालाई तुलना गरौं, के युद्धमा मारिएका परिवारले राहत पाएका छन् ? परिवर्तनका लागि बन्दुकका कुन्दालाई जंगलमा गाडेर युद्ध लड्नेहरूले न्याय पाए ?’, उनले त्यसबेलै मिडियामा भनेका थिए,‘त्यसैको याद दिलाउनका लागि चड्काएको थिएँ ।’
पूर्वलडाकूहले अब युद्धको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीले लिइसकेका कारण पूर्वएमालेका नेताले पनि यस विषयमा गम्भिर नभउ आन्दोलनको सामना गर्नुपर्ने चेतावनी दिइसकेका छन् । यता, प्रचण्ड भने पत्नी सीताको उपचारका दापथ सिंगापुरमा छन् ।
-दैनिक नेपालबाट

No comments:
Post a Comment