Saturday, September 29, 2018

सावधान ! माइक्रोवेभको खाना खानु स्वास्थ्यका लागि खतरनाक



माइक्रोवेभको प्रयोगले गर्दा स्वास्थ्यमा आउने अन्य समस्याहरु यस्ता छन् :

१) रोग प्रतिरोधात्मक क्षमतामा कमी : नियमित रूपमा माइक्रोवेभमा पकाएको खाना खानाले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने गर्छ । परिणामस्वरूप, शरीरले विभिन्न व्याक्टेरिया वा जीवाणुका कारण हुनसक्ने संक्रमणलाई रोक्न सक्दैन व्यक्तिलाई विभिन्न रोगको संक्रमण हुने गर्दछ ।

२) पौष्टिकता नष्ट हुन्छ : माइक्रोवेभमा खाना पकाउने तथा तताउनाले खानाको पौष्टिकता ६० देखि ९० प्रतिशतसम्म कम हुने गर्छ । खाद्यान्नको संरचनामा नै परिवर्तन हुने भएकाले यस्ता खाना खानाले फाइदाको सट्टा हानि पुर्‍याउने गर्छ

३) क्यान्सरको खतरा : माइक्रोवेभबाट उत्पन्न हुने विकीरणले दूध तथा दालमा क्यान्सरजन्य तत्वको निर्माण गर्छ । यसमा पकाइएको खानेकुुरा खानाले रगतमा क्यान्सरको कोशिकाको संख्या बढ्ने गर्छ ।

४) पाचन समस्या : माइक्रोवेभमा खाना पकाउदा खाना चाँडै पाक्नुका साथै कम समयमै खाना तातो त हुन्छ तर यसबाट उत्पन्न हुने हानिकारक विकीरणले खाद्य पदार्थमा यस्तो परिवर्तन गराइदिन्छ कि मानिसको पाचन प्रणालीमा गडबडी देखा पर्छ ।

५) चाउरीपना तथा बुढ्यौली निम्त्याउँछ : माइक्रोवेभमा कम समयमा खाना पाक्छ । जसका कारण खाद्य पदार्थको पौष्टिकता नष्ट हुने गर्छ । यस्ता खाद्य पदार्थको सेवनले असमयमै अनुहार चाउरी पर्नुका साथै समयअगावै बुढ्यौली निम्तने गर्छ । यसमा बनाएको खाना खानाले छाला सम्बन्धी क्यान्सर हुने खतरा वृद्धि हुन्छ ।

६) मस्तिष्कको लागि हानिकारक : माइक्रोवेभमा पकाएको खाना खाने व्यक्तिको मस्तिष्कमा समेत यसले प्रतिकूल प्रभाव पार्छ । यसले मानव मस्तिष्कमा अल्पकालीन तथा दीर्घकालीन प्रभाव पार्ने गर्छ ।

७) हर्मोनको गडबडी : माइक्रोवेभमा बनाएको खानाको सेवनले हर्मोन सम्बन्धी समस्या निम्तने गर्छ । माइक्रोवेभमा बनाएको खाना खानाले हर्मोनको निर्माण प्रक्रियामा असर पर्छ । यसले महिलालाई मात्र नभई पुरुषको हर्मोनलाई समेत प्रभावित पार्छ ।

८) एकाग्रताको कमी : नियमित रूपमा माइक्रोवेभमा बनाएको खानाको सेवन गर्नाले व्यक्तिको स्मरण शक्ति, एकाग्रता तथा वौद्धिक क्षमतामा प्रतिकूल असर पर्छ । विशेषगरी यसबाट आउने विकीरणकै कारण व्यक्तिमा एकाग्रताको कमी हुनुका साथै भावनात्मक अस्थिरता कायम हुने गर्छ ।

No comments:

Post a Comment