Saturday, September 29, 2018

माधव नेपाललाई अमेरिकाबाटै ओलीको जवाफ- देश डुब्दैन, म आउँदैछु !

१३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क पुगेका बेला बरिष्ठ नेता माधवकुमार नेपालले संसदमा गरेको भाषणप्रति ओलीले अमेरिकाबाटै जवाफ दिएका छन् । आफू स्वदेशमा नभएका बेला नेता नेपालले बोलाएको स्थायी कमिटीको भेलाबारे चित्त दुखाउँदै प्रधानमन्त्रीले प्रदेश कमिटी गठनको निर्णयको बचाउ गरेका छन् ।

‘केही मान्छेहरुमा अलिकति कुण्ठा देखिन्छ, त्यो कुण्ठा पोख्नका लागि विभिन्न प्रकारका कुराहरु गरेका छन्,’ न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले भने – ‘एउटा कृत्रिम परिस्थिति निर्माण गर्न खोजिएको छ, जसको खासै अर्थ केही पनि छैन ।…. सचिवालयको निर्णय विल्कुल ठीक छ ।’अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका सूर्य थापासँग ३७ मिनेट लामो अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भने- ‘म दुईचार दिन संयुक्त राष्ट्र संघतिर आएँ । कतिपय नेताहरुले बोलेको सुनियो, लौन देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ । म फर्केर गइहाल्छु, त्यसकारण यो ठूलो समस्याको कुरो होइन ।’

माधव नेपालले देश डुब्न लाग्यो भनेर गरेको भाषणप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने- ‘म नहुनेवित्तिकै अब कसैलाई अलिकति शुन्यता भो, छटपटी भो ।’

बरिष्ठ नेता माधव नेपालले प्रदेश कमिटी सम्बन्धी सचिवालयको निर्णयप्रति जनाएको असन्तुष्टिलाई प्रधानमन्त्री ओलीले ‘असन्तुष्टिका लागि असन्तुष्टि’ मात्र भएको बताएका छन् । नेता नेपालले पार्टीमा दर्ज गरेको असन्तुष्टिबारे प्रधानमन्त्रीले भने- ‘असन्तुष्टिका लागि असन्तुष्टि हो । पार्टीमा फलानो गुटको फलानो प्रतिनिधि, फलानो गुटको फलानो प्रतिनिधि हैन, योग्यता, क्षमता र आवश्यकता अनुसार हुन्छ ।’

प्रधानमन्त्री ओलीसँग पत्रकार थापाले गरेको लामो कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं-

No comments:

Post a Comment