एजेन्सी । हामीहरु खानेकुरा प्लेट वा थालमा पस्किएर खाइन्छ । के तपाईले आईप्याडमा खाना खाएको देख्नु वा सुन्नु भएको छ ? सुन्दा पनि अचम्म लाग्न सक्छ ! तर अमेरिकाको एउटा रेष्टुरेनटले भने प्लेटमा होइन आइप्याडमा खाना पस्किएर पाहुनालाई खुवाउँछ ।
सनफ्रान्सिस्कोस्थित एक रेष्टुरेन्ट आइप्याडमा खाना पस्केर खुवाउने रेष्टुरेन्टको नाम क्विन्स हो । यस रेष्टुरेन्टमा सबै खानेकुरा आइप्याडमा नै पस्किने होइन, एउटा विशेष खालको डिशका लागि आइप्याडलाई प्लेटको रुपमा प्रयोग गरिन्छ ।
आइप्याडमा पस्केर दिने उक्त खानेकुराको नाम हो “अ डग इन सर्च अफ गोल्ड” । यो खाना पस्किने बेला आइप्याडमा एउटा भिडियो चलाइएको हुन्छ । भिडियोमा उक्त कुकुरले च्याउ खोजिरहेको हुन्छ ।
यो विशेष डिश पस्किनका लागि रेष्टुरेन्टमा २० वटा आइप्याड छन् । आइप्याडमा पस्किने उक्त खानेकुराको मूल्य २ सय डलर तोकिएको छ । आइप्याडलाई एक विशेष प्रकारको बक्समा राखिएको हुन्छ, ता की खाना र आइप्याड एक अर्कामा नछोइयून् ।
आइप्याडमा खाना पस्किने यो दुनियाको एउटै मात्र रेष्टुरेन्ट भने होईन होइन । बेलायतमा पनि एउटा यस्तै रेष्टुरेन्ट छ । उसले त झन् आइप्याडको स्क्रीन मै खानेकुरा पस्किएको हुन्छ ।
No comments:
Post a Comment