बागलुङ् – सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ ।शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए ।श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताउनुभयो । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।
सुत्दा ब्रा र पेन्टी खोल्ने बानी बसालौं ! पढ्नुहोस् फाईदा
दिनमा ब्रा र पेन्टी अनिवार्य लगाउने र राति खोल्ने बानी बसाल्नु स्वास्थ्यका लागि लाभदायक छ । भित्री वस्त्र खोलेर सुत्नुका केही फाइदा छन्ः
रक्तसञ्चार सुचारु हुन्छ
ब्रा–पेन्टी कसिलो हुने भएकाले यसले रक्तसञ्चारलाई सुचारु हुन दिँदैन, जसले दीर्घकालमा अनेक स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।
दाग बस्दैन
ब्रा र पेन्टी लगाएर सुत्दा इलास्टिकले छालामा रातो दाग लगाउँछ । पछि यस्तो दाग कालो बन्न पुग्छ । गर्भवती अथवा स्तनपान गराउने महिलाले भने सुत्दा खुकुलो ब्रा लगाउनु राम्रो मानिन्छ ।
गहिरो निद्रा पर्छ
ब्रा र पेन्टी खोलेर सुत्दा गहिरो निद्रा पर्छ । किनकि, यसरी सुत्दा शरीरले खुकुलो महसुस गर्छ । यसले गर्दा श्वासप्रश्वास र रक्तसञ्चार दुवै सुचारु अवस्थामा रहन्छ र निद्रा पर्छ ।
आराम हुन्छ
ब्रा र पेन्टी लगाएर सुत्दा रक्तसञ्चार र श्वासप्रश्वासमा अवरोध सिर्जना हुन्छ । यसले गर्दा शरीरका कोषमा पर्याप्त मात्रामा अक्सिजन र न्युट्रिसन्स पुग्न पाउँदैन, जसले गर्दा शरीर थकित हुन्छ ।
स्तनसम्बन्धी रोग लाग्दैन
टाइट ब्रा लगाएर सुत्ने महिलामा स्तन सुनिने, स्तनमा पानी जम्नेजस्ता समस्या देखिन सक्छन् । राति सुत्दा ब्रा खोलेर सुत्ने गरेमा यस्तो समस्या देखिँदैन ।
पसिना आउँदैन
सुत्दा पसिना आउने गरेको छ भने भित्री वस्त्र खोलेर सुत्नाले पसिना कम आउँछ ।
क्यान्सरको जोखिम कम गर्छ
कँसिलो ब्रा लगाएर सुत्ने युवतीलाई स्तनको क्यान्सर लाग्ने जोखिम बढी हुन्छ । कँसिलो ब्राले स्तन वरिपरिको भागमा रक्तसञ्चार सुचारु हुन दिँदैन । जसले गर्दा क्यान्सरको जोखिम बढ्छ ।News
No comments:
Post a Comment