Saturday, September 22, 2018

२५ दिनदेखि बेपत्ता बालक अझै फेला परेनन्, सक्दो शेयर गरि खोज्न मद्दत गरौ !!

२५ दिनदेखि बेपत्ता बालक अझै फेला परेनन्, सक्दो शेयर गरि खोज्न मद्दत गरौ !!

कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ गैडाखेडाका एक बालक २५ दिनदेखि बेपत्ता भएको छ ।

गएको भाद्र १२ गते आफ्नै घरबाट रातको समयमा हराएका १४ वर्षका बालक होमप्रसाद न्यौपाने अझै परिवारको सम्पर्कमा नआएको बालककी दिदी रंगिता न्यौपानेले बताएकि छिन ।

राति ११ बजे सुतेको बेला घरबाटै भाइ अचानक हराएको उन ले बताईन ।

बालक जान सक्ने सम्भावित ठाउँहरूमा खोजी गरिसक्दा समेत फेला नपरेपछि परिवार हैरान बनेपछी बेपत्ता होमप्रसादको खोजीको लागि इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी गराइसकेको छ ।

यता इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले बालकको खोजी तीव्र गतिमा भइरहेको बताए ।

बेपत्ता बालक होमप्रसाद न्यौपाने सुखडस्थित सप्तश्री माविमा कक्षा ६ मा अध्यानरत थिए ।

No comments:

Post a Comment