Saturday, September 22, 2018

फेरी भारतले मिच्याे ६०० वर्गकिमि नेपाली भूभाग ..

काठमाडौं । भारतले ६०० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो।

नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६०६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए।

खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ। उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

भारतले सन् १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो। लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन। २०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भू–भाग रहेका देखाउँछन्।काठमाडौं । भारतले ६०० वर्गकिलोमिटरभन्दा बढी नेपाली भूभाग अतिक्रमण गरेको भेटिएको छ। दार्चुलादेखि ताप्लेजुङसम्म सिमा जोडिएका ७१ स्थानमा भारतले अतिक्रमण गरी नेपाली भू–भाग कब्जा गरेको हो।

नेपालका २७ जिल्लाको सिमाना भारतसँग जोडिएको छ। नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले ७१ स्थानको ६०६ वर्गकिलोमिटर नेपाली भूभाग भारतले अतिक्रमण गरेको बताए।

खुला सीमाका कारण भारतले नेपाली भूभाग अतिक्रमण गरेको उनको दाबी छ। उनका अनुसार सबैभन्दा बढी लिम्पियाधुरा–कालापानीमा ३७ हजार हेक्टर जग्गा भारतले कब्जा गरेको समाचार अन्नपूर्ण पाेस्ट दैनिकमा छ।

भारतले सन् १८५६ देखि लिम्पियाधुरा कब्जा गरेको हो। लिम्पियाधुरा नेपालका सरकारी नक्सामा समावेश गरिएको छैन। २०३२ सालसम्मका नेपालका नक्साले पनि लिम्पियाधुरा नेपालकै भू–भाग रहेका देखाउँछन्।News

No comments:

Post a Comment