Saturday, September 22, 2018

क्लबमा प्रहरीले छापा मार्यो, २३ किशोरीहरु यस्तो अबस्थामा पक्राउ




ठमेलको ज्याठास्थित ओनेक्स क्लबमा शुक्रबार राति छापा मारी प्रहरीले १८ वर्ष मुनिका २३ किशोरी र एक किशोरलाई नियन्त्रणमा लिएको हो ।

साथै प्रहरीले क्लब सञ्चालक काभ्रेको रोशी गाउँपालिका–१ घर भई हाल सुन्धारा बस्ने गरेका वर्ष ३३ का सत्यमान दोङलाई पनि नियन्त्रणमा लिएको छ ।

१८ वर्ष मुनिका केटाकेटीहरूको अनधिकृत रूपमा प्रवेश गराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त दरबारबमार्गबाट खटिएको प्रहरी टोलीले उक्त क्लबमा छापा मारेको थियो । १८ वर्ष मुनिकाले क्लबमा जान नपाउने नियम छ ।

त्यस क्रममा पक्राउ परेका २३ किशोरी र एक किशोर गरी २४ जनालाई अहिले प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment