Saturday, September 22, 2018

केपी ओलीलाई साक्षी राखेर प्रचण्डले भने,‘राम्रो काम नगरे हामी सबै एकै डुङ्गामा डुब्ने खतरा छ’



असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमाले र माओवादी पार्टी एकतापछि पार्टी एउटै ढुङ्गा डुब्न सक्ने खतरा रहेको बताएका छन् ।

शनिबार नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित नेकपा एमालेकी नेतृ स्वर्गिय सहाना प्रधानको स्मृति सुभामा बोल्दै उनले यस्तो खतरा औँल्याएका हुन् । ‘हामीले पार्टी एकता गरेर असाधारण पारिवर्तन गर्यौँ । यो एउटा ठूलो परिघटना हो । तर यसलाई हामीले ठीक ढंगले अगाडी लान सकिएन भने यो निकै नै ठूलो जोखिम हो ।

दुई वटा मूलधारका पार्टी हुँदा कहिले एउटाले गल्ती गर्यो भने जनताले हेर्ने अर्को ठाउँ हुनु गथ्र्यो । कहिले को ठूलो कहिले को ठूलो हुन्थ्यो । जनताले कहिले कसलाई कहिले कसलाई अगाडी सार्थे,’ उनले भने,‘ हामीले पार्टी एकता गरेपछि अब त्यो ठाउँ रहेन ।

निकै ठूलो जोखिमको बिचमा हामी छौँ । हामीले राम्रो गर्न सकेनौँ भने हामी सबै एकै डुङगामा डुब्ने खतरा पैदा भएको छ । राम्रो गर्दा नेपालको कम्युनिस्ट आन्दोलन, समृद्धिको उचाई नयाँ ठाउँमा जाने मात्रै होइन । हामी सफल हुँदा संसारलाई एउटा बलियो सन्देश नेपालबाट जान सक्छ ।’

स्वर्गिय नेता सहाना प्रधानलाई २०६४ सालको संविधान सभा निर्वाचन पछि आफूले राष्ट्रपति बनाउन चाहेको तर परिस्थिति र घटना क्रमले साथ नदिएको समेत उनले खुलाशा गरे ।

No comments:

Post a Comment