काठमाडौं, प्रहरी प्रधान कार्यालयमा उनलाई महानिरीक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिन्ह लगाईदिए। छेउमा ठुले राई र धिरु बस्न्यात थिए। उनले वरिष्ठ एआईजीले संबोधन गर्ने परम्परालाई निरन्तरता दिए। प्रहरी प्रधान कार्यालयबाट निस्किएका एआईजी पुष्कर कार्की ‘दोस्त’ भेट्न प्रहरी अस्पताल गए। केही समय बसे। उनी यसअघि पनि पटक–पटक ‘दोस्त’ भेटन जाने गर्थे। उनी अस्पतालको शैयामा रहेका डिआइजी राजेन्द्रमान श्रेष्ठलाई भेट्न गएका हुन्।‘राजेन्द्रलाई भेटेपछि हाम्रो पुरानो दिनको सम्झना आउँछ, उसलाई देखेपछि नयाँ उर्जा आउँछ’ केही समयअघि कार्कीले नेपालखबरसँग भनेका थिए, ‘राजेन्द्र हाम्रो ब्याचका सबैको ‘दोस्त’ हो।’ प्रहरीको पूर्वी कमाण्डमा रहेका समय १५ साउन ०७३ मा ब्याडमिन्टन कोर्टमा राजेन्द्रमान बेहोस भएर ढलेका थिए। मुटुको धड्कन बन्द हुुँदा त्यसको असर उनको मस्तिष्कमा प¥यो। मस्तिष्कबाहेक उनका सबै अंग सामान्य छन्।
राजेन्द्रमान श्रेष्ठ
तर, मस्तिष्कको तन्तुले काम नगर्दा उनी केही प्रतिक्रिया जनाउन सक्दैन्। उनलाई पेटमा सिधै पाइप जोडेर खुवाउने गरिएको छ। नेपाल प्रहरीमासँगै भर्ना भएका महानिरीक्षक सर्वेन्द्र खनाल, राजीनामा दिएका रमेशप्रसाद खरेल, अतिरिक्त महानिरीक्षक कार्की र अस्पतालको शैयामा रहेका श्रेष्ठ २९ माघ २०४६ मा सँगै सेवा प्रवेश गरेका अधिकारी हुन्। यो टोली संगठनमा ‘एउटै ब्याचका अब्बल अधिकारी’ का रूपमा पहिचान बनाएको टोली हो।
त्यसअघि अतिरिक्त महानिरीक्षक कार्कीले प्रहरी मुख्यालयमा आयोजित कार्यक्रममा जिम्मेवार प्रहरी अधिकारीले नै संगठनका गोप्य सूचना चुहाएर लाईक्स, कमेन्टस र रिट्विटलाई सफलताको मानक ठान्ने अवस्था रहेको बताएका थिए। प्रहरी भित्रैबाट सूचना चुहाएर सामाजिक सञ्जालका लाईक र कमेन्टमा आनन्द लिने जमातका कारण प्रहरी संगठन आजको अवस्थामा पुगेको बताएका हुन्।
प्रहरी प्रधान कार्यालयमा आईतबार दर्ज्यानी चिन्ह लगाएपछिको संबोधनका क्रममा कार्कीले संगठन माथि हुने नियोजित प्रहारलाई मलजल गर्ने, संगठनको गोप्य सूचना चुहावट गर्नेहरुलाई पहिचान गरेर विभागभित्रै निर्वस्त्र गर्न जरुरी रहेको बताएका थिए। ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर अफवाह फैलाउने, कसको घरमा को जान्छ र कसको गाडीमा को चढेर हिंड्छ भनेर लेखाजोखा राख्ने दरिद्र मनस्थितिका कारण संगठनको मर्यादामा चोट पुगेको’ बताए।
कार्यक्रममा सहभागी एक अधिकारीले कार्कीको भनाई उधृत गर्दै भने, ‘केही व्यक्तिहरुको कमजोरी र गैर व्यावसायिक हर्कतलाई आज जसरी समग्र संगठनको तस्वीर बनाईएको छ, त्यसको भरपाई कसले गर्ने, कसरी गर्ने हुन्?’ उनले भने ‘पछिको पिँढीलाई हामीले कस्तो संगठन हस्तान्तरण गरेर जाने हो? यो बिषयमा गृहकार्य र कार्ययोजनाको आवश्यकता छ।’ नेपाल सरकार मन्त्रिपरिषद्को ५ असोजको निर्णयले प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजना प्रहरी अधिकारीलाई आईतबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह लगाई दिएका थिए।
No comments:
Post a Comment