Sunday, September 23, 2018

गोर्खा सैनिक रोक्न खोज्दै भारत ! यस्तो छ कारण ?

काठमाडौं । विगत धेरैं वर्षदेखि भारतीय सिमामा भारतीय दुश्मनबाट भारतलाई बचाउँदैं आएको नेपाली गोर्खा सेनलाई भारतले ठुलो झट्का दिएको छ । भारतीय यस कार्यले नेपालमा रहेका लाखौं गोर्खा सैनिकहरुलाई तनाब देखिएको छ ।

काठमाडौंबाट पेन्सन बुझ्ने भारतीय सेनाका पूर्वगोर्खाहरुलाई नयाँ व्यवस्था भन्दै ठमेलस्थित क्याम्पले भुक्तानी रोकिदिएको छ। यसले झण्डै ५० हजार पेन्सनर मर्कामा परेका छन्। भारत सरकारको नीतिअनुसार हरेक तीन महिनामा भुक्तानी दिने भन्दै क्याम्पले फर्काइदिएपछि जीवन निर्वाह गर्न मुस्किल परेको उनीहरुको गुनासो छ।

यो महिना सुरु भएको ९ दिन भइसक्यो तर १ तारिखमा पाउनुपर्ने पेन्सन हामीले अझै पाएका छैनौं’ पूर्वगोर्खा भारतीय सैनिक भरत थापा भन्छन्, ‘यसले गर्दा कसैलाई बैकले किस्ता र छोराछोरीको फी तिर्न, कसैलाई नियमित औषधोपचार गर्नसमेत समस्या छ।

कतिले त डेरा भाडा नै तिर्न नसक्ने अस्था छ। क्याम्पका भारतीय अधिकिारीले भारत सरकारको नयाँ व्ययवस्था अनुसार पेन्सन वितरण हुन लागको छ। ‘अब हमी नयाँ व्यवस्थामा जादैँछौं जसअनुसार पेन्सन एकै पटक भुक्तानी हुनेछ र तीन–तीन महिनामा हुनेछ,’ काठमाडौं क्याम्पका प्रमुख समेत रहेका भारतीय दुतावासका सुरक्षा सल्लाहकार अविनेश चाम्बियलले भने, ‘अर्को फेरिएको नीति के छ भने हामी अब कसैलाई नगद पैैसा दिँदैनौं ।

No comments:

Post a Comment