Sunday, September 23, 2018

अन्ततः मिल्यो खुसिको खबर :एसपी डिल्लीराज बिष्ट देखि ,निर्मलाको कपडा पखाल्ने प्रहरीको पोलिग्राफ टेस्ट



काठमाडौँ ,७ असोज। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुको पोलिग्राफ परिक्षण गरिएको छ। पोलिग्राफ परिक्षण झुट बोलेको पत्ता लगाउने बैज्ञानिक प्रविधि हो।डिआइजी धिरु बस्नेत नेतृत्वको छानबिन समितिले सो घटनाको अनुन्धान गर्ने प्रहरी अधिकारीहरुको पोलिग्राफ परीक्षण गरिरहेको छ ।

फिल्डमा खटिएका प्रहरी देखि तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट तथा घटनास्थलमा निर्मलाले लगाएको कपडा पखाल्ने प्रहरी कर्मचारीको समेत पोलिग्राफ परीक्षण हुने क्रममा छघटनाको अनुसन्धानमा खटिएका प्रहरीबारे अन्य अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता एसएसपी शैलस थापा क्षेत्रीले लाल्टिन खबरलाई जानकारी दिनुभयो ।

No comments:

Post a Comment