Friday, September 21, 2018

मानसिक रोगी कुट्ने प्रहरीको यसरी कसिने भयो पाता

केही दिनअघि एक मानसिक रोगीलाई निर्घात कुटपीट गर्ने प्रहरी कर्मचारीलाई कानुनी कारवाही गर्ने भएको छ ।काठमाडौँमै याँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरी प्रधान कार्यालयले कानुनी कारवाही गर्ने भएको हो ।

घटनापछि प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै कारवाही सुरु गरिसकिएको जनाएको छ । गत सोमबार एक फेन्सी पसल अगाडि बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगीबीच विवाद भएको थियो । स्थानीयले उनलाई हटाउन खोज्दै गर्दा आइपुगेका एक प्रहरीले उल्टै ती व्यक्तिलाई लाठी र बुटले निर्घात कुटपीट गरेका थिए ।

No comments:

Post a Comment