आन्दोलनरत सवारी चालकले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनरत पक्ष र सरकारसँग सहमती भएपछि उनिहरुले आन्दोलन फिर्ता लिएका हुन् । गत भदौ १ गतेबाट लागू भएको नयाँ ऐन संशोधनको माग गर्दै चालकहरु आन्दोलित भएका थिए ।कानुन संशोधनका लागि पहल गर्ने, गाडी दुर्घटना भएमा चालकको लापरवाही रहे नरहेको छानबिन गर्न समिति गठन गर्ने लगायतका सहमति भएको हो । सहमति पछि सरकारले आन्दोलनका क्रममा पक्राउ परेका सबै चालकलाई रिहा गरेको छ ।
चालकहरुले पनि गाडी चलाउन थालेका छन् । यसअघि चालकहरुले गाडी नचलाउँदा लामो दूरीका यात्रुलाई समस्या परेको थियो । समस्यामा परेका यात्रुहरु अब गनतव्य तर्फ लाग्न थालेका छन् । सवारी चालकले आन्दोलन फिर्ता लिएसँगै अब पेट्रोलिय पदार्थको अभाव पनि हट्ने उपभोत्ताहरुले अपेक्षा गरेका छन् ।
सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि चालकहरुले आजैदेखि गाडी चलाउन थालेका हुन् । दुर्घटनामा मानवीय क्षति भए चालकलाई कडा कारबाही हुने व्यवस्था भएको भन्दै त्यो व्यवस्था संशोधनको माग राखी चालकहरु आन्दोलनमा उत्रिएका थिए ।
साभार: Osnepal
No comments:
Post a Comment