Friday, September 21, 2018

निर्मलाकी दिदीको यो सुनेपछि नरुने को होला ? आँशु थाम्नै नसकिने पारिन् मनिषाले (भिडियो)

काठमाडौं । गत साउन १० गते बलातकारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई सजाय देउ भन्दै मुलुक भरीबाट हजारौ मानिस सडकमा उर्लिएका छन् ।

दिनहुँजसो नारा जुलुस र ¥याली भइरहेका छन् । अझ कञ्चनपुरमा त कुनै धार्मीक समारोह होस् वा सामुहिक भेला निर्मलाको न्यायकालागि आवाज उठिरहेकै छन् । यस्तैमा निर्मलाकी दिदी मनिषा पन्तले पनि आफ्नी बहिनी निर्मला पन्तको हत्यारा पत्ता लाग्छ वा लाग्दैन ?

आफ्नी बहिनीको हत्यारा को हो ? किन आज सम्म पत्ता लागेन ? भन्दै सुदुर पश्चिमको डोटेली भाषामा लय हालेर गीत गाएकी छिन् ।

निर्मलाकी दिदीले गाएको गीतले भनिरहेको छ निर्मलाको न कुनै दुस्मन थियो । न त कुनै त्यस्तो गिरोहसँग संगत नै । सबैकी लाडली फुल जस्ती आफ्नी बहिनीलाई जुन शत्रुले यति धेरै दुःख दिएर हत्या ग¥यो ।



त्यसले पनि बहिनीको जस्तै मृत्यु पाओस । मेरी बहीनीको स्वर्गमा बास होस । आँसा छ मेरी बहिनीको चित्कार राज्यले सुन्ने छ ।

भिडियो:

No comments:

Post a Comment