घोराही- पेस्तोलसहित घोराहीबाट प्रहरीले आज एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१२ का २१ वर्षीय जुनकुमार बुढा रहेको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले बताउनुभयो ।आफ्नै बुबालाई गोली हान्ने धम्की दिँदै आएका बुढाले हतियार बोकी हिडिराखेको प्राप्त सूचनाका आधारमा उनको शरीर खानतलासी गर्दा पेस्तोल भेटिएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो । बुढाको साथबाट ७ दशमलव ६५ क्यालिभरको पेस्तोलका साथ एक थान म्यागजिन र चार राउण्ड गोली पनि बरामद भएको थियो । बुढामाथि थप अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यसअघि घोराही उपमहानगरपालिका–१३ बडहराका २७ वर्षीय वीरबहादुर चौधरीलाई अमेरिकामा बनेको अटोमेटिक पेस्तोलसहित शनिबार बेलुका घोराही बजारबाटै पक्राउ गरी मुद्दा चलाइसकिएको प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभयो ।
साभार: Osnepal
No comments:
Post a Comment