Monday, September 24, 2018

यस्तो विशाल बाँध बनाउन चन्दा उठाउँदै इमरान खान, एक सय करोड त आर्मीलेनै दियो

इस्लामाबाद. पाकिस्तानमा दुर्इ बाँध बनाउन त्यहाँका प्रधानमन्त्री इमरान खानले चन्दा संकलन अभियान थालेका छन् । यी विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन् ।

करिब १२.४ अर्ब अमेरिकी डलर खर्च अनुमान गरिएका यी दुई बाँधका लागि त्यहाँका प्रधानन्याधीश साकिब निसारले समेत प्रम खानलाई सघाउनुपर्ने बताएका छन् ।

उनले दुई बाँध बनाउने यो प्रयासमा सबैले सहयोग गर्नुपर्ने पनि उल्लेख गरेका छन् । ‘यो अभियानविरुद्ध गएर कसैले आलोचना गरे त्यसलाई कारवाही गरिने छ’, उनले भनेका छन्।

यो बाँध बनाउनका लागि इमरान सरकारलाई त्यहाँको सेनाले पनि सरकारलाई ठुलो रकम सहयोग गर्ने भएको छ । बाँध बनाउनका लागि पाक सैनिक प्रमुख कमर जावेद बाजवाले १०० करोड पाकिस्तानी रुपैयाँक चेक प्रम खानलाई दिइसकेका छन् ।

यी दुर्इ बाँध बनाउन सरकारलाई अनुमानित १२.४ अर्ब डलर (करिब डेढ लाख करोड पाकिस्तानी रुपैयाँ) आवश्यक छ । तर सरकारसँग यसका लागि १४३ करोड मात्रै पैसा रहेको छ। विश्व खाद्य आयोगका अनुसार यी ठुला बाँध बनाउन अनुमानित लागत ६३ प्रतिशत भन्दा धेरै लाग्ने अवस्था छ ।



३६० करोड चन्दा संकलन
दुर्इ बाँधका लागि पाक प्रधानन्यायाधीश साकिब निसारले अहिलेसम्म ३६० करोड जम्मा भइसकेको बताएका छन्। प्रधानमन्त्री इमरान खानले देश तथा विदेशका पाकिस्तानी नागरिकसँग चन्दाका लागि अपिल गरिसकेका छन्।

चन्दा अभियानमा सेना र न्यायालयको पनि इमरानलाई बलियो समर्थन प्राप्त छ। पछिल्लो केही महिना पाक सैन्य प्रमुख जनरल कमर जावेद बाजवाले यसलाई लिएर १०० करोड रुपयाँको चेक दिएका थिए। चन्दाका लागि ठाँउ ठाँउमा पोस्टर लगाइएको छ भने टिभी रेडियोमा पनि विज्ञापन दिइएको छ।

उत्तरी पाकिस्तानमा ४५०० मेगावाट क्षमताको दायमर बासा बाँध र अर्को ८०० मेगावाट क्षमताको मोहम्म बाँध बनाउन लगिएको हो। ३० हजार करोड रुपैयाँको लागतमा मोहम्मदको काम २०१२ देखि जारी छ। सवा लाख करोड रुपैयाँको लागतको दायमर-बासाको काम पैसा अभावमा अहिलेसम्म सुरु भएको छैन।

पाकिस्तानका आर्थिक मामलाका विश्लेषक खुर्रम हुसैनका अनुसार सरकारले जिम्मा लिएकाले चन्दा दिन पनि सजिलो छ। बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो ।

‘सरकारको पैसा जम्मा गर्नका लागि अन्य नयाँ विकल्पमा पनि ध्यान दिनु आवश्यकता छ’, खुर्रमले भनेका छन्, ‘साथमा अन्तरराष्ट्रिय दाता संगठनसँग पनि सम्पर्क गर्न आवश्यक छ।’

सन् २०११ मा अफ्रिकी मुलुक इथियोपियालाई नाइल नदीमा पाँच अर्ब डलर लागतमा बनाइएको बाँधका लागि चिनियाँ सरकारको कम्पनीले पैसा दिएको थियो। अन्नपूर्णपोस्टबाट

No comments:

Post a Comment