Monday, September 24, 2018

श्रीमतीलाई चुम्बन गर्दा आधा जिब्रो नै गायब !

भारत । भारतमा एउटा यस्तो घटना घटेको छ कि आफ्नो श्रीमतीलाई चुम्बन गर्दा आधा जिब्रो गुमाउनु परेको छ । आठ महिनाकी गर्भवती श्रीमतीले जिब्रो टोकिदिँदा श्रीमानले लगभग आधा जिब्रो नै गुमेको छ ।
घटना शनिबारको हो । स्थानीयका अनुसार महिलालाई आफ्नो श्रीमानको रुप देखी चित्त नबुझेका कारण उनी खुसी नभएको बताएका छन् ।
शनिबार राती यी दुई बिच झगडा भएको र केही समय झगडा भएपनी पछि कुरा मिलेको र चुम्बन गर्दा श्रीमतीले लगभग आधा जिब्रो नै टोकिदिएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

घटनाको बारे पीडितका बुवाले प्रहरीलाई जानकारी दिएका थिए । जानकारी पाए लगतै प्रहरीले ती महिलालाई पक्राउ गरेको र यसका लागि उनलाई जन्मकैद हुनसक्ने बताएका छन् ।
पिडित व्यक्तिको सफ्दारजंग हस्पिटलमा उपचार भइरहेको र उनी अब बोल्न सक्छन् कि सक्दैनन् भन्ने बारे अहिले नै भन्न नसिकिने डाक्टरले बताएका छन् । परिवारका अनुसार सन् २०१६ नोभेम्बर २० मा यी दुई बिच विवाह भएको थियो ।- एजेन्सीको सहयोगमा

No comments:

Post a Comment