Saturday, September 22, 2018

अन्तत: उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीयताको विषयलार्इ लिएर गरे यस्ताे खुलासा !

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले गणतन्त्र र लोकतन्त्र बचाउनका लागि संघीयतालाई संस्थागत गर्नुपर्ने बताएका छन् । उनले संघीयताको प्रयोग इमान्दारिपूर्वक नभएर विचित्र ढंगले भइरहेको समेत जिकिर गरे।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा भने, ‘अहिले मुलुक संघीय गणतन्त्रमा गएको छ । तर संघीयताको प्रयोग इमान्दारिपूर्वक नभएर विचित्र ढंगले भइरहेको छ, संघीय प्रणालीमा प्रदेशहरु अधिकारविहीन भयो काम नै गर्न सकिएन भन्ने गुनासो आइरहेको छ, संघीयता फेल भयो भने गणतन्त्र फेल हुन्छ गणतन्त्र फेल भयो भने लोकतन्त्र नै फेल हुन्छ ।’ मन्त्री यादवले थपे, ‘यस कारण संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्र, लोकतन्त्र संस्थागत र मजबुद बनाउनुपर्छ ।’

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले विभिन्न समयमा विभिन्न तन्त्रहरु प्रयोग भए पनि तथा राजनीतिक परिवर्तनहरु भए पनि राजनीतिक प्रणालीमा भने परिवर्तन नभएको बताए ।

No comments:

Post a Comment