काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश इन्चार्ज र प्रदेश अध्यक्ष तोकेको छ । नेकपाले तत्कालीन एमाले र तत्कालीन माओवादी केन्द्र स्पष्ट रुपमा विभाजित देखिने गरी प्रदेश इन्चार्ज र अध्यक्ष चयन गरेको हो ।जसअनुसार कुल ७ मध्ये ६ वटा प्रदेशको ईञ्चार्जको जिम्मेवारी तत्कालीन एमालेका नेतालाई र एउटा प्रदेशको मात्रै इन्चार्ज तत्कालीन माओवादी केन्द्रका भागमा परेको छ ।
इन्चार्जमा सात प्रदेशमध्ये छ वटामा तत्कालीन एमालेबाट तोकिँदा अध्यक्ष भने माओवादीको भागमा ४ वटा मात्रै परेको छ । सात मध्ये छ वटा इन्चार्ज एमालेबाट तोकिँदा अध्यक्ष पनि झण्डै ३ वटा एमालेबाटै तोकिएका छन् ।
ईञ्चार्ज बन्नेहरुमा पूर्व एमालेबाट प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ मा शंकर पोखरेल र प्रदेश ७ मा भीम रावल रहेका छन्। प्रदेश कमिटीमा सबैभन्दा शक्तिशाली पद नै इन्चार्ज मानिन्छ ।
पूर्व माओवादी केन्द्रको तर्फबाट जनार्दन शर्मालाई कर्णाली प्रदेशको ईञ्चार्जको जिम्मेवारी दिइएको छ । अध्यक्ष बन्ने पूर्व माओवादी केन्द्रका नेताहरुमा प्रदेश २ मा प्रभु शाह, प्रदेश ३ मा हितमान शाक्य, गण्डकी प्रदेशमा हितराज पाण्डे, प्रदेश ५ मा ओनसरी घर्ति छन्।
प्रदेश अध्यक्ष बन्ने तीन एमाले नेताहरुमा प्रदेश १ मा देवराज घिमिरे, प्रदेश ५ मा गोरखबहादुर बोगटी र प्रदेश ७ मा कर्ण थापा रहेका छन्।
No comments:
Post a Comment