
१० असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नेतृत्वले मध्यपूर्वमा अराजकता, मृत्यु र विनाशको विजारोपण गरेको आरोप लगाएका छन् ।
संयुक्त राष्ट्रसंघको न्यूयोर्कमा जारी ७३ औं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग परमाणु सम्झौता त्याग्ने आफ्नो निर्णयको समेत बचाउ गरेका छन् ।उनले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाव सिर्जना गर्नुको विकल्प नरहेको बताए ।
सम्बोधनका क्रममा उनले अमेरिकी इतिहासमा अरुले भन्दा आफूले धेरै गरेको दाबी गर्नसमेत भ्याए । ट्रम्पले यस्तो दाबी गरिरहँदा हलमा भने हाँसो गुञ्जिएको थियो । लगत्तै ट्रम्प पनि हाँसे र भने- मैले यस्तो प्रतिक्रियाको अपेक्षा गरेको थिइनँ ।’
No comments:
Post a Comment