असोज । दाङमा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् ।
लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् । घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।
गाडी चालकको थप उपचारका लागि कोहोलपुर पठाइएको प्रहरीले बताएको छ ।
गाडीले उछिन्न खोज्दा रा१त १९९ नम्बरको स्कुल बस आज साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो । विद्यार्थी बोकेर घरतिर जानेक्रममा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । –रासस
No comments:
Post a Comment