युएईमा हाल भइरहेको एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा भारत र अफगानिस्तान बराबरमा रोकिएका छन् ।गत राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अफगानस्तिानले भारतसँग खेल्दै अंक बाँडेको हो ।अफगानिस्तानका मोहम्मद शहजादले १२४ तथा मोहम्मद नबीको ६४यो खेल धोनीका लागि एक दिवसीय क्रिकेटमा २००औं कप्तानीको खेल थियो ।बलिङतर्फ अन्तिम ओभरमा बलिङ गर्न आएका राशिद खानले ६रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि भारत २५२ रनमै रोकियो । ७ रन चाहिएका बेला जडेजाले दोस्रो बलमा चौका प्रहार गर्दै भारतलाई जित नजिक लगेका थिए ।तेस्रो बलमा एक रन लिँएपछि खालील अहमदले चौथो बलमा एक रन लिएका थिए । अन्तिम दुई बलमा १ रन बनाउँन भारत असफल भयो । भारतका जडेजा पाँचौ बलमा क्याच आउट भएपछि खेल बराबरीमा टुंग्याउँदै अफगानिस्तानले एसिया कपलाई सम्झन लायक बनाएको हो ।अन्तिम खेलमा अफगानिस्तानसँग बराबरीमा रोकिएको भारत यसअघि नै सुपर–४ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।आज पाकिस्तान र बंगलादेशबीच सुपर–४ अन्तर्गत अन्तिम खेल हुँदैछ ।Tuesday, September 25, 2018
एसिया कप क्रिकेटमा भारतविरुद्ध अफगानिस्तानको बराबरी
युएईमा हाल भइरहेको एसिया कप क्रिकेटको सुपर फोर अन्तर्गतको अन्तिम खेलमा भारत र अफगानिस्तान बराबरमा रोकिएका छन् ।गत राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा अफगानस्तिानले भारतसँग खेल्दै अंक बाँडेको हो ।अफगानिस्तानका मोहम्मद शहजादले १२४ तथा मोहम्मद नबीको ६४यो खेल धोनीका लागि एक दिवसीय क्रिकेटमा २००औं कप्तानीको खेल थियो ।बलिङतर्फ अन्तिम ओभरमा बलिङ गर्न आएका राशिद खानले ६रन दिएर रबिन्द्र जडेजाको विकेट लिएपछि भारत २५२ रनमै रोकियो । ७ रन चाहिएका बेला जडेजाले दोस्रो बलमा चौका प्रहार गर्दै भारतलाई जित नजिक लगेका थिए ।तेस्रो बलमा एक रन लिँएपछि खालील अहमदले चौथो बलमा एक रन लिएका थिए । अन्तिम दुई बलमा १ रन बनाउँन भारत असफल भयो । भारतका जडेजा पाँचौ बलमा क्याच आउट भएपछि खेल बराबरीमा टुंग्याउँदै अफगानिस्तानले एसिया कपलाई सम्झन लायक बनाएको हो ।अन्तिम खेलमा अफगानिस्तानसँग बराबरीमा रोकिएको भारत यसअघि नै सुपर–४ को विजेता बन्दै फाइनलमा पुगिसकेको छ ।आज पाकिस्तान र बंगलादेशबीच सुपर–४ अन्तर्गत अन्तिम खेल हुँदैछ ।
Labels:
NEWS
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment