Tuesday, September 25, 2018

आठ स्रष्टाले विमोचन गरे पैतालाका डोबहरु

१० असोज, काठमाडौं । छँदाखाँदाको बैंकको जागिर छाडेर साहित्यमा होमिएका युवा स्रष्टा ऋषि बरालले आफ्नो पहिलो कृति ‘पैतालाका डोबहरु’ बजारमा ल्याएका छन् ।

साहित्यमा बरालको सार्वजनिक सुरुवात कविताको लघु विधा मानिने मुक्तकको संग्रहबाट भएको छ । उनको पुस्तक ‘पैतालाका डोबहरु’ लाई एकसाथ वरिष्ठ गीतकार एवं चर्चित मुक्तककार रत्नशमशेर थापा, पेन नेपालका अध्यक्ष रामकुमार पाँडे, मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकुमार कोने, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, प्राध्यापक खगेन्द्रप्रसाद लुइँटेल, कविहरु बालद घिमिरे, रमेश पौडेलले संयुक्तरुपमा विमोचन गरे ।कार्यक्रममा बरालको सिर्जनात्मक क्षमताको प्रशंसा गर्दै प्राध्यापक डाक्टर खगेन्द्रप्रसाद लुइँटेलले ‘पैतालाका डोबहरु’ अन्तर्राष्ट्रिय भाषहरुमा अनुवाद गर्ने स्तरको भएको बताए । ‘कृतिका सर्जक बरालले यसलाई अंग्रेजी भाषामा अनुवाद गराएर अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने सोच बनाउनेछन् भन्ने आशा र शुभकामना दिन चाहन्छु’ बरालले भने, ‘सयौं पुस्तकका बीचमा फुत्त यस्ता आकर्षक सामग्रीहरु पढ्न पाइन्छन् ।’

कृतिमा २९६ वटा मुक्तक संग्रहित छन् । मुक्तकभित्र बरालले आफूले देखे– भोगेको समयलाई चोटिलो चार पंक्तिमा उतारेका छन् । पुस्तकको मूल्य १७५ रुपैयाँ रहेको छ ।

गजलकार बराल साहित्यकार रामकुमार पाँडेलाई आफ्नो साहित्यिक गुरु मान्छन् भने हाइजिन प्रकाश पौडेललाई साहित्य र व्यवशायका मार्गदर्शक मान्छन् ।

No comments:

Post a Comment