Sunday, September 23, 2018

अस्ट्रेलियामा भेटाएको २५ लाख फिर्ता गर्ने नेपालीको कथा



सिड्नी र नेपालका नरेश अवाल र प्यालीस्टाइनका फहाद सेमको भेटघाट भएकै दिनबाट यो कथा सुरु हुन्छ ।

बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्मको नर्थ स्टारर्थफिल्ड स्टेशनमा आफ्नो ड्युटी सकिनु एक घण्टाअघि नरेशले आफ्ना नयाँ सहकर्मी फहादलार्इ यात्रु सहयोग कक्ष तथा स्टेशनबारे ‘इन्डक्सन’ गराउदै थिए । यो २०१८ को मार्च ८ बिहीबार दिउँसोको १ बजे कुरो हो ।अनलाइनखबरसँगको भेटघाटमा नेपालको भक्तपुरबाट अस्ट्रेलियाको सिड्नी बसाइ सरेका युबा नरेश अवालले भने, ‘मेरो नयाँ साथीलाई सिकाउँदै गर्दा स्टेशनमा बेबारिसे पर्स खसेको रिपोर्ट आयो तर बच्चा सहितकी एक आमालार्इ स्टेशनमा सहयोग गर्नु पर्ने भयो । उनले आफ्नो बच्चा बोकिन र मैले प्राम बोकेर स्टेशनबाट बाहिरिन सहयोग गरे । किनकी पहिलो प्राथमिकता आमा र बच्चालार्इ सहयोग गर्नु हाम्रो कर्तब्य हो ।’

हजारौ डलर देख्दा साथी आत्तिए

उनले त्यो दिनको घटना सुनाउँदै अघि भने -मैले मेरो नयाँ सहकर्मीलाई त्यो बेबारिसे पर्स यात्रु सहयोग कक्षमा ल्याउन भनेको थिए । उसले त्यो ल्यायो । र, हामीले यात्रु पहिचानका लागि त्यो पर्स खोल्यौ ।

हामीले पर्स खोल्दा सय र पचासका धेरै नोटहरु देख्यौ । मेरा सहकर्मी हजारौ डलर देख्दा आत्तिए, किनकी त्यो उनको कामको पहिलो दिन थियो ।

नरेश अवालका अनुसार हज्जारौ डलर भेटिदा चिन्ता लाग्नु पनि स्वाभाविक थियो किनभने कतै त्यो रकम गैरकानुनि पो हो कि ? अथवा त्यत्रो रकमको सुरक्षाको चिन्ता पनि थियो । तर, हाम्रो कक्ष बुल्लेट प्रुफ भएकाले ढोका लगाएर हामीले गणना गर्‍यौं । जम्मा २८ हजार ६ सय डलर थियो । त्यसको साथमा सिड्नीको अबन इलाकामा भएको मनिट्रान्सफरबाट बुझेको रसिद पनि थियो । पर्सको अर्को गोजीमा चिनीयाँ राहदानी पनि थियो ।जब दुईजना चिनीयाँले ढकढक गरे

नरेश र उनका सहकर्मीले यात्रु पहिचान गरेपछि अबनको मनिट्रान्सफरमा सम्पर्क गरे । तर, यात्रु पत्ता लाग्न सकेन । केही समयपछ िउनको कक्ष बाहिर दुर्इजना चिनिया अनुहारका मानिस आएर ढोका ढकढक गरे ।

उनीहरुले पर्स हराएको बताएपछि पर्सको रंग, त्यसभित्रको राहदानीमा भएको नाम जन्ममिति र पर्समा भएको रकम सोधेपछि ती चिनीयाँ युबालाई उनले आफ्नो कक्षमा बोलाए ।

कक्षभित्र पस्नासाथ टेबलमा उनको हराएको रकम देखेर ती युबा निकै हर्सित भए । हर्षका आँसु झार्दै उनका सहकर्मीको हात चुम्न थाले र लगातार धन्यबाद भन्न थाले ।

उनले कार्यालयको प्रक्रिया पुर्‍याएर तथा रेकर्ड राखेर रकम हस्तान्तरण गरिदिए । खुसी हुँदै तीयुबाले त्यहीरकमबाट दुबैजनालार्इ केही रकम पुरस्कार दिन खोजे । तर, उनले अस्वीकार गरे ।

ती युबालाई त्यती रकम हराउँदा कति पीडा भएको थियो होला र प्राप्त गर्दा कति आनन्द भंयोहोला ?’ नरेशले भने, ‘मैले आफ्नो कर्तब्य र इमान्दारिता अनि ग्राहकको पीडालार्इ संगसंगै बुझे ।’

छ महिनासम्म गुमनाम

उनीहरुले त्यो रकम हास्तान्तरण गरेको छ महिनाअघि भएपनीि कुनै चर्चा थिएन । नरेशलाई आफूहरुले गरेको दैनिक काम जस्तै लागेको थियो । तर, जब अघिल्लो हप्ता उनलाई सिड्नी ट्रेनको मुख्यालयबाट इमेल आयो र सिड्नी टाओरमा आयोजित हुने बिशेष समारोहमा आउन निम्तो आयो । त्उसबेला मात्रै थाहा भयो कि उनीहरु त पुरस्कृत भएका रहेछन ।

सिड्नी ट्रेनमा कार्यरत दशौं हजार कर्मचारी मध्ये १४ जना पुरस्कृत भए । जसमध्ये नरेश र उनका सहकर्मीलार्इ इमान्दार कर्मचारीको रुपमा सिड्नी ट्रेनका प्रमुख कार्यकारी अधिकृत हाबर्ड कोलिनले ‘बियोंड द ब्रिलेंस’ पुरस्कार दिए ।

अनलाइनखबरसंग बोल्दै उनले भने – हामीले कुनै पुरस्कारका लागि गरेका थिएनौ ,त्यो कर्तब्य थियो । तर इमान्दारिता नेपालीको रगतमा हुन्छ भन्ने कुरा पनि मैले बिर्सेको छैन ।

पुरस्कृत भएको खबर अस्ट्रेलियाका प्रमुख संचार माध्यममा छाएपछि उनलाई अहिले बधाइको ओइरो लागेको छ ।

हाल अस्ट्रेलियामा रहेका विश्व साइकल यात्री पुस्कर शाहले नरेशलाई टेलिफोन गर्दै बधाई दिएपछि रमाइलो गर्दै भने – त्यो रकम म माग्नेले पाउनु पर्ने तपाइले पाउनु भएछ । उत्तरमा नरेशले भने – दाइ मैले इमान्दार बन्नु पर्छ भन्नेकुरा तपाइँबाट सुनेको हु ।

No comments:

Post a Comment