
रसुल नाम गरेका धर्मगुरुले रोगको उपचार समेत गर्नसक्ने दाबी गर्दै उनले महिलाहरुमाथि यौन शोषण गर्दै आएका थिए । आफू कहाँ सहयोगका लागि आउने महिलाहरुलाई उसले यौन शोषण गरेर भिडियो बनाउने गरेको थियो । यी भिडियोबाट फेरी ब्ल्याकमेल गर्ने उसको धन्दा थियो।
फेसबुकमा निकै भाइरल भएको एउटा भिडियोमा दाडी पालेको एकजना मानिस र एकजना महिलाले सम्बन्ध बनाएको देखिन्छ । तर, यो भिडियोमा महिलाको भने पहिचान हुन सकेको छैन ।
फरयाब सरकारका प्रवक्ता जावेद बिदारले रसुललाई ढुंगा हानेर मार्ने सम्भावना बढी भएको बताए । फरियाबका धर्मगुरुहरुले पनि रसुललाई ढुंगा हानेर मार्ने आदेश दिइसकेका छन् । त्यसैले प्रहरीले तत्काल गिरफ्तार नगरे स्थानीयवासीले नै उसलाई मार्ने सरकारका प्रवक्ताको भनाई छ ।
No comments:
Post a Comment