Thursday, September 27, 2018

पोखरामा श्रीमानबाट ढुंगाले थिचेर श्रीमतीको हत्या

Image may contain: one or more peopleपोखरामा श्रीमानले टाउकोमा ढुंगाले थिचेर श्रीमतीको हत्या गरेका छन् । पोखरा महानगरपालिका ३२ स्थित खुदीका ५२ बर्षीय ऐन बहादुर गुरुङले आफ्नी श्रीमती ६० बर्षीया श्रीमाया गुरुङको गएराति सामान्य बिबाद हुदा टाउकोमा ढुंगाले थिचेर मारेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेका ऐन बहादुर गुरुङलाई कास्की प्रहरीले सूचना पाएको करिब दुई घण्टा भित्रमा पक्राउ गरेको हो । घर बनाउने मिस्त्रीको काम गर्दै आएका गुरुङले बुधबार राति करिब ९ बजे तिर मादक पदार्थ सेवन गरी घरमा आएका र घरमा आउदा श्रीमतीले किन ढिलो आएको भने पछि दुबै पक्ष बिच सामान्य भनाभनको क्रममा तीन पटक सम्म ढुंगाले हानेर श्रीमतीको हत्या गर्न पुगेको गुरुङले कास्की प्रहरीलाई बयान दिएका छन। गुरुङले दोश्रो बिबाह करिब ८ बर्ष अघि मात्र गरेका हुन भने कान्छी श्रीमतीलाई हत्या गरेपछि उनको घरमा हाल कोहि पनि छैनन । जेठी श्रीमतीको निधन पछि उनले दोश्रो बिबाह गरेका हुन।

हत्या गरी फरार रहेका गुरुङलाई पक्राउ गर्न कास्कीका प्रहरी प्रमुख एसपी ओम बहादुर राना तथा डिएसपी रविन्द्रमान गुरुङको कमान्डमा कुकुर सहितको बिशेष टोली खटिएको थियो भने सादा पोसाकमा प्रहरी सहायक निरिक्षक सन्तोस सुवेदी सहितको टोली खटिएको थियो । कास्की प्रहरीले सूचना पाएको छोटो समयमै हत्यारालाई नियन्त्रणमा लिएको हो । गगनगौडा फाँटबाट टोलीले हत्यारा गुरुङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएको हो ।



यसैबिच, पोखरा महानगरपालिका २२ स्थित कोदीमा २७ बर्षीय कुशुम पौडेलले १० बर्षीय बालिका श्रेया सुनार विकलाई बलत्कार गरी हत्या गरेकोमा कास्की प्रहरीले उनलाई पक्राउ गरी कारवाही अघि बढाएको छ ।

पोखरा क्षेत्रमा मादक पदार्थ सेवनका कारण दुई जगन्य हत्याले पोखरा क्षेत्रका महिलाहरु निकै असुरक्षित भएको गुनासो गर्न थालेका छन।

No comments:

Post a Comment