कास्कीको पोखरा महानगरपालिका २२, छहरा, कोदीकी १० वर्षिय श्रीया वि.क.को जबरजस्तीकरणी पश्चात विभत्स हत्या गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरी कानूनी कठघेरामा उभ्याएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले श्रीया बि.क.को जबरजस्तीकरणी पश्चात हत्या मा संलग्न पोखरा महानगरपालिका-२२, कोदीका २७ वर्षिय कुसुम पौडेललाई यही असोज १० गते सार्वजनिक गरेको छ ।यही असोज ८ गते साँझबाट हराएकी श्रीयाको शव ९ गते बिहान घर नजिकैको झाँडिमा फेला परेपछि तत्कालै जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरीक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरीक्षक नविन कार्कीको कमान्डमा विशेष अनुसन्धान टोली नै गठन गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको थियो । भिडियो सहित ;-
No comments:
Post a Comment