नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीताको उपचारका लागि सिङ्गापुर प्रस्थान गर्नु भएको छ । यसअघि सीताको सिङ्गापुरको माउन्ट एलिजावेथ अस्पतालमा स्वास्थ्योपचार गरिएको थियो । पत्नी सीताको उपचारको ‘फलोअप’ का लागि अध्यक्ष दाहाल सिङ्गापुर प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ ।सीता मधुमेह, उच्च रक्तचापबाट पीडित हुनु हुन्छ । साथमा छोरी गंगा दाहाल र भतिजा समिर दाहालसमेत त्यसतर्फ जानुभएको छ । नेपालमा उपचार सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो । केही समय भारतमा उपचार गराएपनि स्वास्थ्यमा सुधार नदेखिएपछि गएको असारमा सीताको सिङ्गापुरमा उपचार गरिएको थियो । माउन्ट एलिजावेथ अस्पतालमा उपचारपश्चात् उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको
छ ।
No comments:
Post a Comment