
काठमाडौं । भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन सकिनै लाग्दा मञ्चमा रूवावास मच्चिएको छ । प्रतिस्पर्धी, आफन्त र अडियन्स मात्रै हैन जज नै रोएपछि भ्वाइस अफ नेपालको स्टेजमा सन्नाटा छायो । चर्चित टिभि रियालिटी शो भ्वाइस अफ नेपाल यतिबेला निकै रूचाइएको शो भएर उदाएको छ । हल्लाखल्ला नगरेर चुपचाप एकैचोटी टिभी पर्दा र युटुवमा छाएको यो रियालिटी शो ले दिनप्रतिदिन दर्शकको मन जित्दै गएको छ ।
असोज ६ गते शनिबार राति प्रशारित ब्लाइन्ड अडिसनको श्रृङ्खलामा एक प्रतिस्पर्धीको प्रस्तुती पछिको रूवावासीको माहोल यो भिडियोमा छ । चर्चित गायक एवं जज प्रमोद खरेल धरधरी रोएको त्यो क्षण दर्शकका लागि झनै पनि पीडादायी बन्यो । भ्वाइस अफ नेपालका एक प्रतिस्पर्धी अमृत थापामगर अडिसनमा छानिन सकेनन् । जज अभयाले सोध्नेक्रममा अमृतको आमाको प्रशंग उठाउँदा अमृत भक्कानिए ।
अमृतकी आमा सुस्त श्रबण र दृष्टिविहीन बालबालिकालाई पढाउने र साहारा दिने गर्दै आएकी छन् । अमृतले आमाकोबारे बताउँदा उनी भक्कानिए । उता प्रमोदका आँखा रसाइसकेका थिए । अडियन्समा पनि रूवावास चल्यो । अमृतका आफन्त पनि प्रतिक्षा कक्षमा आँशुका ढिक्का खसाल्दै रोए । सोनुप स्टेजमा पुगेर अमृतलाई अंगालो हालेर सान्त्वना दिँदै थिए प्रमोद भने धरधर आँशु झार्दै थिए । स्टेजमा अमृतलाई सम्हालेका सोनुप प्रमोदको सिटमा पुगेर प्रमोदलाई पनि सम्हाल्दै थिए ।
यो दृश्य हेर्नुस्ः
No comments:
Post a Comment