११ असोज, काठमाडौं । एसिया कपमा बंगलादेशसँग पराजित भएर बाहिरिएपछि पाकिस्तानका कप्तान सर्फराज अहमदले प्रतियोगिताभर आफू रातमा समेत निदाउन नसकेको बताएका छन् ।सर्फराजले आफूमा परेको दबाब बताएसँगै गएको चार वर्षदेखि भइरहेको कामको तनावबाट उनलाई आउँदा प्रतियोगितामा आराम दिन ब्यवस्थापन र छनोटकर्ताहरुले सोच्न थालेका छन् ।एसिया कपमा पाकिस्तानले दुई खेल मात्रै जितेको थियो । भारतसँग दुई खेल हारेको पाकिस्तान निणर्ायक खेलमा बंगलादेशसँग पनि हारेर बाहिरियो ।
२०१६ ताका आफ्ना ब्याटिङको उचाइमा रहेका सर्फराज अहिले निकै खस्किएका छन् । २०१७ को च्याम्पियन्स ट्रफी जित्दा श्रीलंकाविरुद्ध खेल जिताउन महत्वपूर्ण सावित भएको अर्धशतक बनाएपछि उनको ब्याटिङ एभरेज १७.२ मात्रै रहेको छ ।
अहिले त उनको ब्याटिङ पोजिसन पनि फिक्स भएको छैन । ५ नम्बरको पोजिसनमा राम्रो गरिरहेका उनी अहिले एसिया कपमा कहिले ४ नम्बर, कहिले ५ नम्बर र कहिले ६ नम्बरमा खेले । कुनैमा राम्रो हुन सकेन ।
‘कप्तान हुँदाको तनाब सधैं रहन्छ । पाकिस्तानी टिमको कप्तान जोसुकै होस् उसलाई प्रेसर त रहन्छ नै’ बंगलादेशसँगको हारपछि पत्रकारसँग उनले भने, ‘अझ जब टिमले हारिरहेको बेला तपाइँकै खेल राम्रो हुन सकेन भने त प्रेसर दोहोरो हुन्छ ।’
‘यदि म ६ रातदेखि सुतेको छैन भनें भने कसैलाई विश्वास हुँदैन । तर, वास्तविकता त्यही हो । म निदाउन सकेको छैन । मेरो जीवन यस्तै चलिरहेको छ । लाग्छ अगाडि पनि यसरी नै गइरहने छ ।’
No comments:
Post a Comment