Monday, September 24, 2018

काठमाडौँ मै फेरी अर्को युवती बलात्कृत




८ असोज, काठमाडौं । दिनानु दिन बलात्कारको घटना भइरहेको बेला काठमाडौंमा पनि फेरी एक युवती बलात्कृत भएकी छिन । काठमाडौँको सिमलटारस्थित आरुबारीमा २८ वर्षीय युवती बलात्कृत भएकी हुन् । बलात्कृत युवतीको मानसिक सन्तुलन ठिक नभएको स्थानीयले बताएका छन । ती युवतीको स्थानीय एक ग्रिल पसलमा बलात्कार भएको थियो ।

ती युवती चर्चबाट फर्किँदै गरेको मौका पारेर सोलुखुम्बुका दावा तामाङले बलात्कार गरेका थिए। उनलाई अनुसन्धानको लागी प्रहरीले पक्राउ गरेको छ । तामाङ्गले आफ्नो ग्रिल पसलमा लगेर बलात्कार गरेको पिडितकी परिवारले बताए ।

प्रहरीलाई बयान दिने क्रममा तामाङ्गले आफ्नो कशुर स्वीकारेको प्रहरी श्रोतले जानकारी दिए । घटनाको थप अनुसन्धान हुदैछ ।

No comments:

Post a Comment